जिल्ला कारागार रामेछापका ७० जना कैदिबन्दिले आज रक्तदान गरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा आयोजित १ दिने निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा कैदिबन्दिहरुले उत्साहका साथ रक्तदान गरेका छन्।
यस अघि कहिले पनि कारागार कार्यलयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थिएन र पहिले पटक आफुले रक्तदान गर्न पाउँदा खुशि लागेको कारागारका कैदि कृष्ण थापाले बताएका छन्। समाजले हामीलाई हेर्ने दृष्टिकोणमा फरक भएता पनि यसरी आफुलाई रक्तदान गेरर समाजसेवा गर्न पाउँदा निकै खुशि लागेको उहाँले बताएका छन्।
बज्रमोहन सुभद्रादेवि स्मृति प्रतिष्ठान सालु ढुंगेछाप रामेछापको आयोजना , सारथी युवा क्लब रामेछाप बजारको सह आयोजना , काठमाडौँ मेडिकल कलेज सिनामंगल काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार सेवा केन्द्र धनुषाको प्रविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा अन्य ४४ जना स्थानिय नागरीकहरुले रक्तदान गरेका छन ।
रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा २८५ जना नागरीकहरुले स्वास्थ्य परीक्षण गराएको बज्रमोहन सुभद्रादेवि स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रसाद काफ्लेले बताएका छन्। निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परीक्षण गराएपश्चात खुशि हुँदै रामेछाप नगरपालिका ६ को ८५ वर्षिया वृद्ध गिता माया खड्काले निशुल्क औषधि उपचार पाउँदा खुशि लागेको बताएका छन् । स्वास्थ्य शिविरमा नाक , कान , घाँटि ,आँखा , स्त्री रोग र हार्डजोर्नी रोग सम्बन्धि उपचार तथा परामर्श दिइएको थियो।