कोटेश्वर-कलंकी खण्डको‘सर्भिस ट्र्याक’ निर्माणको आधा काम सम्पन्न

आजभोलि

काठ्माडौं, कोटेश्वरदेखि कलङ्की सडकखण्को सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण कार्य आधा सम्पन्न भैसकेको छ। चिनियाँ सरकारले आठ लेनको सडक निर्माण कार्य सम्पन्न गरिकेको र नेपाल सरकारले गर्ने भनिएको दुई लेनको सडक निर्माणको कार्य भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएका छन्।

अहिलेसम्म झण्डै पाँच किलोमिटर कार्य सम्पन्न भैसकेको सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताएको छ। आगामी वर्ष बाँकी पाँच किलोमिटर कार्य सम्पन्न गर्ने योजना बनसएका छन्। चक्रपथको भित्रपट्टी र बाहिरपट्टी गरि दुवैतर्फको कार्य भने हुदै गरेको छ । सडकको मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरि तीन प्रकारका लेन रहेका छन् । मुख्य र सहायक लेन चार-चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक एक गरि जम्मा दुई लेनको रहेको छ ।

आठ लेनको सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण सरकार कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएका थिए। बाहिरपट्टि दुई लेन सडक विभागले निर्माण गरिरहेका छन्। सर्भिस ट्र्याकबाटै चालक चक्रपथमा प्रवेश गर्न पाउँने छन। उनले भने, ‘सर्भिस ट्र्याकबाटै निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँने भएका छन्।

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण कार्य सकेसम्म चाँडो सम्पन्न गर्ने योजना बनाएको इन्जिनियर शर्माले बताएका छन्। उनले भने, ‘वार्षिक जति बजेट छुट्टिन्छ, त्यसकै आधारमा कार्य हुने गरेको छ । गत मङ्सिर मसान्तमा चिनियाँ सरकार निर्माण कम्पनीले आठ लेनको सडक निर्माणको कार्य सम्पन्न गरिसकेका छन्।

  • २२ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !