राउटे समुदायको सामाजिकीकरणकाे लागि ‘सहभोज’ कार्यक्रम

आजभोलि

राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ ।

सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो ।

सो सहभोजको आयोजना कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिए । “राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छौँ,” उनले भने ।

चिसो बढेपछि राउटे बालबालिका र वृद्धवृद्धामा विभिन्न समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बताए । बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए । मन्त्रालयले राउटे बस्तीमा तीन सोलारसमेत जडान गरेको छ । उनीहरुलाई न्यानो लुगा पनि वितरण गरिएको छ ।

यसैबीच दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा पुगेर पुस महिनाको भत्ता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका एक सय ४५ जनालाई रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटेलाई सामाजिक मूल प्रवाहीकरणमा ल्याउन अभियान थालिएको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताए । उक्त अभियान बेसी नगरपालिका, गुराँस गाउँपालिका, सामाजिक सेवा केन्द्र सोसेक दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा गरिएको हो ।

  • २२ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !