जनकपुरमा प्रहरीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटाइएको सयुक्त टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेका हुन्।
आइतबार जनकपुर उपमहानगरपालिका ११ स्थित रामेश्वर शाहको घरमै अवैध कारोबार हुने गरेको भन्ने सूचना पाएपछि प्रहरीले सोहि नगदसहित हुण्डी कारोबारीलाई पक्राउमा लिइएका हुन् ।
प्रहरीका अनुसार भारत मधुवनी बासोपट्टका सन्तोष महतो ,नरेश महतो ,जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका २ का मोख्तार अहमदलाई प्रहरीले प्रक्राउ गरेका छन् ।
अहमद व्यवसायी हुन् र प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेकसहित बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग गरिएका हिसाब खाताका साथै ६ थान मोबाइल बरामद गरि नियन्त्रणमा लिएको छ।