रोमाले जितिन एउटा खुट्टाले नाचेर दर्शकको मन

आजभोलि

धनगढी, धनगढीमा जारी रहेको सुन्दर सुदूरपश्चिम महोत्सवमा नेपालसँगै भारतका कलाकारले समेत आफ्नो प्रस्तुति देखाएका छन्। 

नेपालमा भएका राष्ट्रिय तथा स्थानीय कलाकारसंगै छिमेकी मुलुक भारतका कलाकारले समेत प्रस्तुति देखाएका हुन । सोमबार भएको महोत्सवमा राष्ट्रिय कलाकार कमल खत्री र लालबहादुर धामीले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गरेका छन्। 

त्यस्तै बाल्यकालमा नै एउटा खुट्टा गुमाएकी बहुचर्चित नृत्यांगना रोमा न्यौपानेले विभिन्न गीतसँगै आफ्नो प्रस्तुति दिदैं जनताको मन जितेकी छिन्। महोत्सवमा मित्र रास्ट्र भारतको पलिया मन्टेश्वरी स्कुल पनि सहभागीता रहेको छ। मंसिर २४ गते दुर्गेश थापा, रेश्मा पुन, दिपाशा बिसी, सुशीला कार्कीसगै स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक  श्याम बिष्टले बताए । 

महोत्सवमा भएको कैलाली कञ्चनपुरका विभिन्न स्थानका साथै भारतको उत्तर प्रदेशबाट भए पनि महोत्सव हेर्नलाई सर्वसाधारणहरु आउने गरेका छन्। पुष २० गते देखि सुरु भएको महोत्सव माघ २ गते सम्म सञ्चालन हुने आयोजकले बताएका छन्। 

  • २४ पुष २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !