काठमाडौं , अखिल (क्रान्तिकारी) को अध्यक्ष रञ्जित तामाङले आगामी फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारिमा जुट्नको लागी निर्देशन दिए।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते नै स्ववियु निर्वाचनको लागी तयारी शुरू गरेको भनी खुशी व्यक्त गर्दै त्यसलाई उत्सवको साथ सम्पन्न गर्नु पर्ने भन्दै अपिल गरेका हुन्।
पुर्व नेकपा र माओवादी केन्द्र बिचको निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकबाटै उक्त अपिल गरेका थिए। उनले २८ वर्षकै उमेर अवधिलाई स्विकार गर्ने र साझा मञ्चको रूपमा स्ववियुलाई उपयोग गर्नु पर्ने भन्दै आफ्नो धारणा ब्यक्त गरेका छन्।