छाउगोठमा आगो लाग्दा छाउपणी सहित दुई बालकको मृत्यु

आजभोलि

छाउगोठमा आगो लाग्दा छाउपणी सहित दुई बालकको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिका-९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ। चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका(९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

उनका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगो सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो।मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन्।

File Photo

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !