सांसद उषाकला बसिन् आमाको क्रियापुत्री

आजभोलि

सांसद उषाकला बसिन् आमाको क्रियापुत्री

काठमाडौं । पूर्व सभासद् तथा वर्तमान प्रदेशसभा सांसद उषाकला राईले कपाल खौरी अाफ्नी आमाको किरियापुत्री बसेकी छिन् । उनी आमाको निमोनियाको कारण उपचारका क्रममा ग्राण्डी अस्पतालमा बुधावार निधन भएको थियो ।

उषाका दाजुभाई छैनन् । दाजुभाई नभएपछि उनी आफै किरियापुत्री बस्ने निर्ण गरेकी हुन् ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको सांसद तामाङले उच्च सम्मान गरेका छन् । 

सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्-

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

  • २६ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !