सिरहामा नेपाल प्रहरीको टोलीले विभिन्न स्थानबाट करीब रु डेढ लाखको अवैध समान बरामद गरेका छन् ।
इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेट लगायत रु ९५ हजार मूल्य बराबरको समान बरामद गरेको हो।
यस्तै प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोती लगायत करीब रु ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।