सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन भारतबाट फिर्ता लिन राष्ट्रपतिदेखि संयुक्त राष्ट्रसंघसम्म हस्ताक्षर बुझाइने

आजभोलि

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आयोजनामा नेपालभित्र र नेपालबाहिर ग्रेटर नेपाल हस्ताक्षर अभियान का निम्ति हस्ताक्षर संकलन सुरु भएको छ ।

सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन भारतबाट फिर्ता लिनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन सिंहदरवारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट विहान १०ः३० बजेदेखि एक लाख हस्ताक्षर संकलन सुरु गरेको हो । मोर्चाले हस्ताक्षर संकलन कार्यक्रम आगामी चैत्र मसान्तसम्म जारी रहने बताएको छ ।

यस विषयमा संक्षिप्त कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले यसरी संकलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्र संघका महासचिव, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाउने जानकारी दिनुभएको छ ।

  • २७ पुष २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !