सर्लाही।अत्याधिक चिसो बढ्दै गएपछि सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडसरका विपन्न, दलित तथा असहाय परिवारलाई कम्बल वितरण गरिएको छ। जिल्लाका विभिन्न संंघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा रामनगर गाउँपालिका -२ का बाल कल्याण समाज नामक संस्थाले मलंगवा न.पा-५ भाडसरका ५० जना विपन्न ,दलित र असहाय ब्यक्तिहरुलाई कम्बल वितरण गरेको स्थानीय शिक्षक कामेन्द्र महराले जनाएको छ।
अत्याधिक चिसो बढ्दै गएपछि चिसोबाट बच्नका लागि आज (सनिवार )बिहान ५ नम्बर वडाको कार्यालय परिसरमा संस्थाका अध्यक्ष शुन्दर श्याम रायको सभापतित्व तथा जिल्ला समन्वय समिति सर्लाहीका सदस्य एवं राजपा नेपालका जिल्ला सचिव विनय कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा उनिहरुलाई कम्बल वितरण गरिएको हो ।चिसो मौसममा कम्बल दिएर ठुलो सहयोग गरेको भन्दै आयोजक संस्थालाई कम्बल पाएका स्थानियहरु खुसी हुँदै धन्यवाद ज्ञापन गरेका छन्।
चिसो दैनिक बढिरहेको छ, चिसोबाट बच्न शरिर ढाक्ने कपडा नहुँदा चिसोले कठ्याङग्रिएर बस्नुपर्ने अवस्थामा हामीले कम्बल पायौ, कम्बल लिएका एक स्थानियले भने–‘हामी धेरै खुसी छौ।’ कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार सहनी , भाँडसर प्रहरी चौकीका इन्चार्ज भरत ठाकुर ,नेपाल दलित उत्थान संघका अध्यक्ष राजेश पासवान , थर्ड एलायन्सका मानवअधिकार अधिकृत मुकेश मिश्र ,बाल कल्याण समाजका सहसचिव दुर्गा यादव स्थानीय समाजसेवी , स्थानीयबासी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष रायले कम्बल खरिद गर्न सहयोग गर्ने नेत्र धाम उपचार केन्द्र ,जय श्री ओम हेल्थ केयर सेन्टर,अमर्त्य पोलीक्लिनिक प्रालि मलंगवा ,ज्ञानोदय मावि,टडलर्स इ.बो.स्कुल ,गड गिफ्ट इ.बो.स्कुल ,जय बजरंग उधोग,जगदम्बा प्लाइउड,मुकेश कुमार मिश्र,रमेश कान्त पंडित,हिरा प्रसाद कुम्हाल,देवरंजन यादव,राजकिशोर मिश्र, जयप्रकाश अग्रवाल , बचेलाल महतो र पद्मरत्न विधा मन्दिर +2 का विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै कृतज्ञता व्यक्त गर्नु भएको छ ।
यसैगरी युथ रेडक्रस सर्कल (YRCC),नेपाल कमर्स क्याम्पस काठमाडौको सहयोगमा जोइन्ड आवर हैण्ड नामक संस्थाले पनि जिल्लाको ब्रम्हपुरी गाउँपालिका वडा न-३,भेल्ही र बाल अनाथ गृह (बाल मन्दिर )मा आश्रित बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको छ ।ब्रम्हपुरी-३ भेल्हीका २६ जना दलित तथा अपांग महिला पुरुष र बालमन्दिरका १० जना अनाथ बालबालिकाहरुलाई कमर्स क्याम्पसका विद्यार्थीहरुले काठमाडौबाट संकलन गरि ल्याएका न्यानो लुगा वितरण गरेको आयोजक संस्थाका अध्यक्ष राजेश पंडितले जनाएको छ ।