वीरगञ्ज। प्रदेश २ को सरकार प्रदेश राजधानी र नामाकरण गर्न अलमलमा परेको बेला वीरगञ्जलाई राजधानी नबनाईए पर्सा, बारा र रौतहट जिल्ला सहितको छुट्टै प्रदेश घोषणा गर्ने धम्की यहाँका नेताहरूले दिएका छन् ।
संघिय सरकारको गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा शुक्रवार वीरगञ्ज उद्योग वाणिज्य संघको ४३ औं सधारणसभाको उदघाटन समारोहमा सहभागि वक्ताहरुले यस्तो धम्की दिए ।
उनीहरुले मुलुकको कुल राजस्वको ४० प्रतिशत हिस्सा ओगटेको वीरगन्जको विकासमा संघीय र प्रदेश दुबै सरकारले उपेक्षा गरेको गुनासो गरे ।‘संघ र प्रदेश सरकारले निर्णय गर्नु अगावै नेपाली काँग्रेसको तत्कालिन सरकारले प्रदेशको अस्थायी राजधानी वीरगञ्जमा घोषणा नगरी ठूलो विभेद गरेको हो ’कार्यक्रममा वक्ताहरुले भने, वीरगञ्जलाई राजधानी घोषणा नगरिए तीन जिल्लाको छुटटै प्रदेश घोषणा गरिनेछ ।
प्रदेश २ को मुख्यमन्त्री पर्सा जिल्लाबाट प्रदेश सभामा निर्वाचित मो.लालबाबु राउत ह्न् ।प्रदेश सरकारको वरिष्ठ मन्त्री राजपाबाट जितेन्द्र सोनल बारा जिल्लाका हुन् । संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगन्जसँग भइरहेको विभेद नरोकिए पर्सा, बारा र रौतहट तीन जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउनु पर्ने माग सशक्त रुपमा उठ्ने चेतावनी दिए ।
नेपाली काँग्रेसले नै प्रदेशको राजधानी जनकपुरधाममा घोषणा गरेको र विगतमा त्यस पार्टीकै केहि नेताहरुले लामो समय धर्ना दिएपनि उपलब्धि केहि हुन सकेन् ।