लेन अनुशासन पालना नगर्ने चालक कारवाहीमा

आजभोलि

काठमाडौँ , महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू गर्दै आएको आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकहरु कारवाहिमा परेका छन् । 

उक्त महाशाखामा रहेको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी रुपमा सवारी साधन चलाउने सवारी चालकहरुलाई कारवाही गर्दै आएका हुन । जसमध्य पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । 

महाशाखाका प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउदै आएका चालकलाई कारवाही गरेको बताएका छन् । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भने । 

महाशाखाले सन्चालन गर्दै आएको सिसीटिभी, गोप्रो क्यामरा र बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनका नम्बर टिपोट गरि घरमै चिठी पठाउने र जरिवानासमेत गर्ने गरेका छन् । 

लेन अनुशासनको पालना नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएका छन् । विसं २०७१ असोज २६ गतेका देखि लेन अनुशासन पालना नगर्ने सवारी साधनका चालकलाई कारवाही गर्दै आएको र महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी साधानका चालकलाई कारवाही गरी कक्षा लिइसकेको बताएका छन् । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् । 

  • २९ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !