डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले समयमै दिमाग र आँखा खोल्नुपर्ने

आजभोलि

डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले समयमै दिमाग र आँखा खोल्नुपर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न माग गरेको छ ।संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार राजधानी स्थित एक साक्षात्कारमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ । 

उनले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने,‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे । 

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका ईतिहाँस छ ।’ 

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने,‘डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्नेपनि बताए । 

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’

सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् । 

उनले भने,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’

प्रदेश नम्बर ३ का सदस्यसमेत रहेका उनले डा. केसी सरकारी जागिरे भएकोले उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्यो भनेर माग राखेको पनि सुनाए । उनले थपे,‘उहाँपनि सरकारी जागिरे हो नि, उहाँले हत्यारा पत्ता लगाए भैगयो नि त।’ त्यस्तै उनले डाक्टर केसीले विदेशीको बुँई चढेर द्वन्द्वकालको मुद्दा उठाएको पनि आरोप लगाए । 

सांसद अधिकारीले डाक्टर केसी अहिले देशी तथा विदेशी शक्तिको पञ्जामा परेको पनि आरोप लगाए । उनले भने,‘गोविन्द केसीलाई साझा विवेकशीलका नेताहरुले बोकेका थिए । तर, अपराध वा पाप लागेको छ । साझा विवेकशील पार्टी छिन्न भिन्न भएको छ ।’

गोविन्द केसीलाई उनले बधाईसमेत दिए । अधिकारीले भने,‘म गोविन्द केसीलाई बधाई दिन चाहन्छु, अब मनमोहन मेडिकल कलेज काठमाडौं आउँदैन् । तपाईहरु सफल हुनुभयो । हामी त मर्यौं । मर्यौं । २ अर्ब ऋण छ । बिक्रि भएर ऋण तिर्न पुगे त तिरौंला नभए जेलमा बास होला ।’

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजिनामा दिनुपर्ने माग गरे । उनले भने,‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजिनामा दिनुपर्छ ।’

दुई तिहाई बहुमतको सरकारले केसीका सबै माग पूरा गर्छौं भनेर सम्झौता गरेको उनले सुनाए । उनले भने,‘दुई तिहाईको सरकार भएको नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले हामी बलियो सरकार हौं । हामी उहाँका सबै मागहरु पूरा गर्छौं भन्नुभयो । तर, आज ६ महिना नबित्दै डाक्टर केसीले अनशन थाल्नुभयो । हिजै यो सरकारले यी–यी मागहरु पुरा गर्न सक्छौं । यी–यी मागहरु पूरा गर्न सक्दैनौं भनेर भन्नुपर्दथ्यो ।’

केसीले हिजो गोविन्द केसीसँग लम्पसार परेर सम्झौता गर्ने वर्तमान सरकारले आज आएर केसीका मागहरु समयसापेक्ष छैनन् भनेर भन्न नपाउनेपनि जिकिर गरे । उनले भने,‘कि त सरकारले हामीसँग दुई तिहाई छैन भनेर भन्नुपर्यो । होईन, भने उहाँहरुलाई केले रोक्यो ?’

उनले अनशनरत डाक्टर केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरे । त्यस्तै केसीसँग भएको सम्झौता अक्षरंश पालना गर्नुपर्नेपनि उनले बताए । मेडिकल क्षेत्र र शिक्षाको सुधारको लागि छुट्टै मेडिकल विश्वविद्यालय चाहिनेपनि उनको भनाई छ । उनले थपे,‘मेडिकल क्षेत्र सुधारको लागि माथेमा आयोगको प्रतिवेदन राम्रो र उत्कृष्ट छ । तर, त्यो प्रतिवेदन पूर्ण होईन । यसको लागि मेडिकल युनिभर्सिटी आवश्यक हुन्छ ।’

वर्तमान सरकारले डाक्टर केसीसँग भएको सम्झौताविपरित विद्येयक ल्याएर बेईमानी गरेको पनि उनले टिप्पणी गरे । उनले भने,‘राज्यनै यसरी खुलमखुल्ला केसीको मागप्रति गैरजिम्मेवारी हुन मिल्दैन् ।’ उनले सरकारले केसीसँग भएको सम्झौता हुबहु लागु गर्नुपर्ने बताए । उनले थपे,‘यदि सम्झौता कार्यान्वयन नगर्ने हो भने सरकार छोड्नुपर्यो ।’

  • ३० पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !