वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने नेकपाको निर्णय

आजभोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएका थिएनन् ।

साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठले भने,‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अथगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन ।’

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !