‘के श्वेतपत्रका नाममा तर्साउन खोजिएको हो ?’

आजभोलि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले स्वेतपत्रका नाममा तर्साउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै शर्माले गलत विषय राखेर स्वेतपत्रको नाममा नतर्साउन सरकारलाई चेतावनी दिएका हुन् । शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोजमा ३० गते राजीनामा दिएको भएपनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाए ।

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले गुनासो गरे । त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भएपनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताए ।

उनले भने, ‘२०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको हुँ, किन तर्साउन खोजिएको हो, मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? उनले आफू असत्यको सामु नझुक्ने बताए ।

उनले भने, ‘म अचम्ममा परें यो स्वेतपत्र हो की अस्वेत पत्र हो ? मैले कुनै गलत कुरा त बोलेको छैन तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को कुरा विकास समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तिव्र चाहना छ । यस्तो बोल्दा आत्मसमर्पण गराउन खोज्ने ?’

उनले यसकाबारेमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले वर्तमान सरकारले गरेका निर्णयमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिका सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए ।

  • १५ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !