माथिको आदेश अनुसार नियोजित रुपमा रोकियो: सुदूरपश्चिममै भीम रावलको ”अपमान”

आजभोलि

कैलाली । पूर्वउपप्रधानमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावललाई धनगढी विमाास्थलमा अपमान गरिएको छ । शनिवार पार्टीको कार्यक्रमको तयारीको लागि धनगढी आइपुगेको रावललाई सेनाले उनलाई भीआइपी कक्षमा जान रोक लगाएर सिधै बाहिर पठाएको रावलको दाबी रहेको छ ।

उनले भने, मलाई सिधै बाहिर पाठाइयो, कसको इन्टेन्सनमा भएको हो, त्यो ठूलो कुरा हो । यो माथिको आदेश अनुसार भएकोले सेनाको कुनै दोष छैन । उसले आदेश मन्ने हो । उनको केही छैन, रावले जिकीर गरे ।

यदी केही कठीनाइ भए मलाई जानकारी गराउनु पथ्र्यो, मेरो पूर्वनिर्धारित कार्यक्रम हो । मलाई कुनै जानकारी नै छ्ैन, रावलले पत्रकार सम्मेलन गर्दै आफ्नो दुखेसो पोखे ।

उनलाई भीआइपी कक्षमा जान नदिने माथि अर्थात रक्षा मन्त्रालय वा प्रधानमन्त्री कार्यालय कसले आदेश दिएको हो, उनले स्पष्ट भन्ने चाहेनन् । तर उनले घुमाउरो ढंगले सिंहदरवारको आदेशमा भएको भनेर दोषारोपण भने गरे । एक जना सेनाको कुरा नभएर मलाई नियोजित रुपमा बाहिर पठाएर आपमान गरेको कुरा उल्लेख गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको भ्रमण रहदा सुरक्षा व्यवस्था कडा रहेको थियो । तर पूर्व गृहान्त्री लगायत पटक पटक मन्त्री भएका रावललाई यसरी भीआपी कक्षमा जान रोक लगाउनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सरकारले उनलाई जानीजानी रोकेर अपमान गरेको स्थानीय नेकपाका नेताहरुले बताए ।

  • १७ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !