बि डिभिजन लिगका आजका दुबै खेल बराबरीमा सकिए, एन्फाद्धारा एक साताका लागि खेल स्थगीत

आजभोलि

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मंगलबार भएका दुई खेल बराबरीमा सकिएका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स्मा मंगलबार भएको खेलमा ब्वाईज युनियन र आरसीटी २–२ तथा सातदोबाटो र झम्सीखेलले १–१ गोलको बराबरी खेलेका हुन् । छैठौं चरणको खेल अन्र्तगत मंगलबार आरसीटिले ब्वाईज युनियनविरुद्ध तेस्रो मिनेटमा अग्रता लिएको थियो ।

अजित गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक भएको खेलमा ब्वाइज युनियनका लागि कप्तान टंक बहादुर स्याङ्देन गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै ब्वाईज युनियनले ६ खेलबाट तालिकामा ८ अंक जोडेको छ भने आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।

अर्को खेलमा झम्सीखेलले १०औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १९ मिनेट कायम राख्न नसक्दा अंक बाँडेको हो । निकै रोमाञ्चक बनेको खेलमा झम्सीखेलले भुवन राईको गोलबाट अग्रता लिएको थियो ।

मंगलबारको खेलसँगै सातदोबाटोले जारी लिगमा पहिलो पटक अंक बाँडेको छ । यस अघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकालेको सातदोबाटोको ६ खेलबाट १६ अंक भएको छ । यता ६ खेलबाट ६ अंक जोडेको झम्सीखेल सातौं स्थानमा उक्लिएको छ । झम्सीखेलको यो तेस्रो बराबरी हो ।

मंगलबार दुई खेल भए पनि एन्फाले आगामी दिनका लागि तय भएका ‘बी’ डिभिजिन लिगका खेल स्थगित गरेको छ । एन्फाले विज्ञप्ती जारी गर्दै अर्को सूचना नआएसम्मका लागि खेल स्थगित भएको जनाएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएसँगै खेल स्थगित भएको हो । यस्तै एन्फाले एन्फा कार्यालय पनि एक साताका लागि बन्द रहने जाएको छ ।

  • ४ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !