फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै

आजभोलि

काठमाडौं । फेमिली पिस एसोसिएसन नेपालले अध्यात्म ज्ञान ओलम्पियाड आयोजना गर्ने भएको छ ।

एसोसिएसनले विज्ञप्ति जारी गरी हरेक मानव क्रियाकलापमा आध्यात्मिक सचेतनाको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्तरको अध्यात्म ज्ञान ओलम्पियाड आयोजना गर्न लागेको जानकारी दिएको हो । तीन चरणमा आयोजना हुने यस अध्यात्म ज्ञान ओलम्पियाडमा पहिलो र दोस्रो चरणहरू क्रमशः इमेल र भिडियो कलमार्फत सञ्चालन हुनेछन् भने तेस्रो चरणमा मात्र सहभागीहरू तोकिएको स्थानमा उपस्थित भएर आफ्नो विचार प्रस्तुत गर्नेछन् ।

सहभागीहरूले पहिलो चरणमा दिइएको तीन शीर्षकहरू मध्ये कुनै एकमा दुई हजार शब्द नबढाइ निबन्ध लेखेर संस्थाको इमेलमा पठाउनु पर्नेछ । प्राप्त निबन्धका आधारमा मूल्याङ्कन समितिले दोस्रो चरणको लागि सर्वोकृष्ट ४० जना छान्नेछ ।

दोस्रो चरण पुग्न सफल ४० जनालाई मूल्याङ्कन समितिले छुट्टाछुट्टै भिडियो कल गरेर प्रश्न उत्तर राउण्ड सञ्चालन गर्नेछ र तेस्रो चरणको लागि सर्वोकृष्ट १० जना छनौट गर्ने छ । तेस्रो चरणमा पुगेका १० जनाले मूल्याङ्कन समिति समक्ष उपस्थित भएर आफ्नो प्रस्तुति दिनु पर्नेछ । यसरी तीन चरणबाट छनौट गरिएको प्रथम, द्वितीय र तृतीय विजयीहरूलाई पुरस्कार वितरण समारोहमा क्रमशः २१ हजार, १२ हजार र सात हजार नगद पुरस्कार, पदक र प्रमाण पत्र प्रदान गरिने एसोसिएसनले जनाएको छ ।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !