प्रमुख क्रिकेट प्रशिक्षकका लागि ७७ जनाको आवेदन

आजभोलि

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदमा ७७ जनाको आवेदन परेको छ । त्यस्तै नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक, प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

प्रमुख प्रशिक्षकका विशेष गरी दक्षिण एशियाली देशहरुबाट केही दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको जनाइएको छ । भारत, श्रीलङ्का, पाकिस्तान तथा दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको जनाएको छ ।

छनोट गरेको सूची आईसीसीले क्यानलाई पठाउने र आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाइने छ ।

आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइने नेपाल क्रिकेट संघले जनाएको छ । अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिने छ ।

File photo

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !