उद्योगीबाट बक्यौता नपाएपछि उखु किसान आन्दोलनमा जाने घोषणा

आजभोलि

 

काठमाडौँ । चिनी उद्योगीले उखु किसानको लामो समय देखिको बक्यौता नदिएपछि उखु किसानले पुनःआन्दोलनमा जाने घोषणा गरेका छन् । छठलगत्तै किसानको बक्यौता रकम नबुझाएपछि २७ मंसिर देखि पुनःआन्दोलन जानेको घोषणा गरेका हुन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलन जानुपर्ने बाध्याता भएको बताएका छन ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमति समेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमति अनुसार गतवर्ष माघ भित्र सबै बक्यौता पाउनु पर्ने थियो । तर, सम्झौता भए अनुसार हामीले अझै बक्यौता पाएका छैन । चिनी उद्योगीले छठसम्ममा किसानले पाउनु बक्यातौ नभएपछि २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्ने छौँ ।’ उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको बताए । उनले सरकार नै मुकदर्शक भएपछि पुःन आन्दोलनमा जानु पर्ने बाध्यता भएको बताए छ । उनले चिनी उद्योगीबाट उखु किसानको अझै करिब ५० करोडभन्दा बढी बक्यौता रकम छ ।

गतवर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए । आन्दोलन पछि २०७६ १८ पुसमा मन्त्रालयले उखु किसानसँग ५ बुदे सम्झैता समेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !