काठमाडौं । चर्चित नेपाली गीत ‘फूलबुट्टे सारी’ युगान्डाकी गायिका डे क्याप्टेन वियोन्स फामसीले गाएकी छिन् । उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा फान्सी आफैंले अभिनय गरेकी छिन् ।
‘फूलबुट्टे सारी’ राजनराज शिवाकोटीको सिर्जना हो जसलाई मार्मिक लामाले गाएका थिए । यसपछि यसका विभिन्न भर्सन आएका छन् । जसमध्ये, फिमेल भर्सनमा मिलन अमात्य, लिजेण्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ र चाइल्ड भर्सन आरिष्मा शिवाकोटीले गाएका छन् ।