शैक्षिक प्रणाली सुधार र राजनीतिक परिवर्तनमा यूवा विद्यार्थीको भूमिका अग्रस्थानमा

आजभोलि

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववीयू) विद्यार्थीहरूको हक अधिकारमा कामगर्ने स्वयत्त शैक्षिक तथा राजनीतिक एकाइ हो । यस संगठनले गुणस्तरिय शिक्षामा सबै नेपाली यूवा विद्यार्थीहरूको पहुँच हुनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछ ।  यो विद्यार्थी केन्द्रित शैक्षिक तथा राजनीतिक संगठन हो । यस संगठन १ सय ४ बर्षे राणा शासनकालको अन्त्य तिर बि.. २००४ सालमा भएको जयतु सँस्कृतम् आन्दोलनको प्रभावले विधिवत रूपमा संगठित भएको विद्यार्थीहरूको साझा संगठनात्मक इकाइ  हो । 

विश्वविद्यालय तथा कलजेमा शैक्षिक वातवारण तयार गर्न, शैक्षिक कार्यक्रमहरू विद्यार्थीहरू बीच प्रभावकारी रूपमा लैजान, शिक्षा र शैक्षिक गुणस्तर विकासको लागि विद्यार्थीहरू माझ विभिन्न प्रकारका अतिरिक्त रचनात्मक अतिरिक्त कृयाकलापहरू जस्तै, खेलकुद कार्यक्रम, हाजिरी जवाफ कार्यक्रम, वक्तृत्वकला, वन भोज, सँङ्गितिक कार्यक्रम र विद्यार्थी परिचयात्मक सँवाद तथा अन्तरकृया जस्ता विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरू गर्न यो विद्यार्थी केन्द्रित संगठन सधै कृयाशिल छ । साथै, यस संगठनले अन्य सरोकारवालाहरू जस्तै, प्राध्यापक, अभिभाव, विद्यार्थी, राजनीतिक पार्टी, नेता, विश्वविद्यालय प्रशासन, कलेज प्रशासन र शैक्षिक विज्ञहरू बीच शैक्षिक सुधारका लागि समन्यवकारी भूमिका पनि खेल्ने गर्दछ । 

यस संगठनको मुख्य उद्देश्य भनेकै प्रत्येक विद्यार्थीलाई राजनीतिक रूपमा सचेत गराउँदै उनीहरूको नेतृत्व विकासको लागि आवश्यक सहजिकरण गर्दै समग्र देशको शैक्षिक प्रणालीको सुधार र सो को पूर्ण कार्यान्वयनको  लागि  विभिन्न प्रकारका शैक्षिक मुद्दाहरूमा विद्यार्थीको हक हितको लागि काम गर्नु हो । र यस कार्यहरूको मुख्य ध्येय भनेकै राजनीतिक सुझबुझ भएको भएको दक्ष शैक्षिक यूवा नेता बनाउनु हो । अब नेतृत्वमा आउन सक्ने ती यूवा विद्यार्थी नेताहरूको व्यक्तिगत गुण, चरित्र र विशेषता पनि निश्कलङ्क, सफा, गुणकारी, परोपकारी र नेतृत्वदायी पूर्णहोस् । 

यस यूवा केन्द्रित संगठनले लिङ्ग, जातजाती, भाषा र भौगोलिक बिभाजनलाई महत्व दिँदैन् । मुख्यरूपमा यस संगठनले विद्यार्थी केन्द्रित शैक्षिक प्रणालिको बिकासमा काम गर्छ । त्यस्तै, शिक्षामा सुधार गर्दै शिक्षा मार्फत देशमा दक्ष यूवा जनशक्ति तयार गर्न चाहन्छ । त्यसबाहेक, यूवा विद्यार्थी केन्द्रित उद्यमशिलताको विकास हुनुपर्छ र यूवा विद्यार्थीलाई सहज रूपमा पढ्नका लागि छात्र/छात्राबास, यातायात भाँडा, ग्याँस तथा पेट्रोलिम पदार्थको मुल्य र अन्य दैनिक उपभोग्य सामानहरू विद्यार्थीलाई शौलियत दरमा उपलब्ध गराउनु पर्छ भनि जोडदार माग गर्दछ । 

त्यसबाहेक, प्रत्येक विद्यार्थीमा देशको समसामयिक राजनीतिक सचेतना आवश्यक छ । र राज्यले प्रत्येक विद्यार्थीको हक अधिकारको सुनिश्चता गर्नुपर्छ  र गुणस्तरिय शिक्षामा सबै नेपाली यूवा विद्यार्थीको पहुँच समान रूपमा हुनुपर्छ यस विद्यार्थी केन्द्रित स्ववीयू संगठनको मान्यता हो । साथैसाथै, मानव अधिकारको रक्षा, सामाजिक न्याय, लैँङगिक समानता, शुसासन, लोकतान्त्रिक राज्य व्यवस्थाको सवलिकरणको सन्दर्भमा पनि सार्वजनिक रूपमा यस संगठनले वहस पैरवी गर्दै आएको छ ।  

त्यसैले, स्वतन्त्र विद्यार्थी युनिएन (स्ववियू) संगठनको समग्र पक्ष र यस सँङ्ठनले शैक्षिक सुधार तथा राजनीतिक सचेतनाको सन्दर्भको पुर्याएको योगदान, विद्यार्थी परिचानल र शसक्तिकरणमा यस विद्यार्थी केन्द्रित शैक्षिक संस्थाले खेलेको भूमिका, यूवा विद्यार्थी नेताको जीवन शैली र स्ववीयू निर्वाचन समयमै हुन नसक्ने कारण र अबको स्ववीयू संगठनको आगामी कार्यदिशा के कस्तो हुनुपर्छ भने बारे आज भोलिका बिशेष सँवाददाता श्री प्रवीण भट्टराईले  शँकर देव क्याम्पस पुतली सडकका पूर्व स्ववियू सभापति  श्री डेकराज भट्टराईसँग गर्नुभएको संवाद  ।   

 

स्वतन्त्र विद्यार्थी युनिएन (स्ववियू) कस्तो संगठन हो ? राजनीतिक शैक्षिक परिर्वतनमा संगठनको भूमिका कस्तो रहेको ?

यस संगठन विद्यार्थीहरूको हक हित र अधिकारका लागि स्थापित संस्था हो । यो संगठनको थालनी तात्कालिन समयमा बनारसमा पढेर आएका केहि नेपाली विद्यार्थीहरू ले गरेका हुन् । बि. . २००४ मा  भएको जयतु सँस्कृतम आन्दोलनको प्रभाव यस स्ववियू संगठन स्थापना हुनमा रहेको छ । भारतीय स्वतन्त्रता सँग्राममा भाग लिएका नेपाली विद्यार्थीहरू तथा सचेत यूवाहरू जस्तै बी पी कोइराला, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराईको अवधारणामा नेपाली  यूवा  विद्यार्थीहरूलाई संगठित गर्न स्थापना भएको यो यूवा विद्यार्थी  केन्द्रित शैक्षिक संस्था हो । जयतु सँस्कृतम आन्दोलन सफल बनाउन र  यस संस्था स्थापना हुनमा  राम प्रसाद न्यौपाने, राजेश्व देवकोटा, कमलराज रेग्मी, पूर्ण प्रसाद ब्राह्मणको योगदान महत्वपुर्ण छ । र यो विद्यार्थी केन्द्रित संस्थाले विश्वविद्यालय र कलेज स्तरमा विद्यार्थीहरूलाई नेतृत्व प्रदान गर्छ । र उनीहरूको नेतृत्व विकासको लागि विभिन्न प्रकारका शैक्षिक, खेलकुद र राजनीतिक कार्यक्रहरू नियमित रूपमा सन्चालन गर्दछ ।

जती पनि देशमा राजनीतिक परिवर्तन भएका छन् ती सबै विद्यार्थीहरूकै आगुवाइमा भएका छन् । उनीहरूले नै राजनीतिक रूपमा सामाजिक सचेतना जगाउनका लागि यी महत्वपुर्ण आन्दोलन हुनु पूर्व विभिन्न प्रकारका र्याली, भेला, गोष्ठि, धर्ना, बिरोध सभाहरू गर्ने गरेका छन् ।  जस्तै बि.. २००४ सालमा भएको जयतु सँस्कृतम आन्दोलनले पनि शैक्षिक सुधराका बारेमा यूवा विद्यार्थीलाई संगठित गरी तात्कालिन राणा शासान समक्ष विभिन्न शैक्षिक मागहरू राखेको थियो ।  त्यसैगरी,  बि.. २००७ को जन क्रान्तिको कुरा गर्ने हो भने त्यति बेला यूवा नेताहरू वीपी कोइराला, मनमोहन अधिकारीहरूले नै क्रान्तिको नेतृत्व गरेका थिए । त्यसबेला पारिवारिक जहानिया राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउने कुरा मुख्य थियो । त्यसैगरी, वि.. २०३६ को विद्यार्थी आन्दोनको नेतृत्व भने विद्यार्थी नेता बलबहादुर केसीको नेतृत्वमा भएको थियो । सबै राजनीतिक दलहरूको उक्त विद्यार्थी आन्दोलनमा सहभागिता थियो । त्यसैले नेपालमा स्ववियू संगठनको बिधिवत रूपमा स्थापना पनि वि. .२०३६ सालमा भएको विद्यार्थी आन्दोलनलाई नै श्रृय जान्छ ।

र स्ववीयू विद्यार्थी अन्दोलनको बलमा स्थापित संस्था हो । सोहि कालखण्ड देखिनै स्ववियूले शैक्षिक तथा राजनीतिक मुद्दाका बारेमा विद्यार्थी र यूवा माझ जानकारी र सचेतिकरण गर्दै आइरहेको छ । त्यसैगरी, शान्तिपूर्ण रूपमा बि. . २०४२ मा भएको  सत्याग्रमा पनि विद्यार्थीहरूको शसक्त भूमिका थियो । उक्त विद्यार्थी केन्द्रित आन्दोनल पन्चायती व्यवस्थाको अन्त्य र त्यस बेलाको शैक्षिक प्रणालीमा सुधार गर्नका लागि भएको थियो । 

यस विद्यार्थी केन्द्रित  सत्याग्र अभियानले नै बि..२०४६ मा नेपालमा प्रजान्तत्रको पुर्नस्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरी, बि. .२०४६ देशब्यापी विद्यार्थीहरूको सहभागिता र अगुवाइमा नै जन आन्दोलन सफल भएको थियो ।

साथै, बि. . २०६२/२०६३ को जन आन्दोलनलाई सफल बनाउन पनि यूवा विद्यार्थीहरूको भूमिका ससक्त थियो । १९ दिने जन आन्दोलन सुरु हुनु भन्दा पहिले राजनीतिक दललाई खवरदारी गर्न वा नेताहरूलाई आन्दोलनमा सहभागि हुनका लागि उनीहरूले नै राजनीतिक वातावरण तयार गरेका थिए । साथै, वि. . २०२८ सालमा नयाँ शिक्षा योजना लागु भए देखि नै नेपालमा शैक्षिक प्रणालीको सुधार गर्नुपर्छ, विद्यार्थीले सावर्जनिक यातायातम ५० प्रतिशत सुविधा पाउनु पर्छ, छात्र/छात्राबासको व्यवस्था हुनुपर्छ, विद्यार्थीको लागि पुस्तकालयको व्यवस्था हुनुपर्छ र कलेजको शैक्षिक वातावरण विद्यार्थी मैत्रि हुनुपर्छ र अन्य रचनात्मक कृयाकलापमा विद्यार्थीहरूकै प्रत्यक्ष सँलग्नता हुनुपर्छ भनेर स्ववीयू संगठन आजका दिन सम्म पनि कृयाशिल छ । 

त्यसैले देशको राजनीतिक परिवर्त र शैक्षिक प्रणाली सुधारमा स्ववीयू संगठन पर्याय भएको छ । र यस संगठनले शैक्षिक र राजनीतिक मुद्दालाई समानन्तर रूपमा उठाउँदै आएको छ । 

 

विद्यार्थीहरूका हकहित तथा विद्यार्थीहरू परिचालनमा स्ववीयू संगठनका सकारात्मक नकारात्मक पक्षहरू के के हुन् ? 

सकारात्मक पक्ष भनैकै विद्यार्थीहरूलाई संगठित गर्नु हो । देश भरिबाट आएका विद्यार्थीहरूलाई विश्वविद्यालय र कलेजमा विद्यार्थी मैत्री शैक्षिक वातावरण तयार गरि दिनु हो । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गर्न भूमिका खेल्नु हो । साथै, शैक्षिक सुधारका लागि कलेज प्रशासन, अभिभावक, प्राध्यापक, शैक्षिक विज्ञ र विद्यार्थीहरू बीच समन्यवात्मक सह सम्बन्ध तयार गर्नु पनि हो । साथसाथै, विद्यार्थी भर्ना, नियमित पठन पाठन तथा परीक्षा सन्चालन र अन्य शैक्षिक कृयाकलपहरूमा सहजिकरण गर्नु स्ववीयू संगठनको सकारात्मक पक्ष हो ।

 

त्यसैगरी, क्षमताबान र नेतृत्व प्रदान गर्न सक्ने विद्यार्थीहरूलाई नेतृत्व विकासको लागि फोरम तयार गर्ने, राजनीतिक सिद्धान्त र बीचराको बहस गर्ने, विद्यार्थी विद्यार्थी बीच सम्बन्ध स्थापित गर्ने, अन्तराष्ट्रिय विश्वविद्यालयहरू सँग भगिनी सम्बन्ध विस्तार गर्ने, विद्यार्थीहरूको लागि शैक्षिक खोज अनुसन्धानमा सहयोग पुर्याउने काम पनि स्ववियू संगठनले नै गर्ने गर्दछ । 

नकारात्मक पक्षको कुरा गर्ने हो भने स्ववियू संगठन कुनै निश्चित राजनिति पार्टिको सँरक्षणमा सन्चालित हुन् । त्यसैले विद्यार्थीहरू सोही अनुसार राजनीतिक सभा, जुलुस, धर्ना र अन्य राजनीतिक कार्यक्रममा परिचालन हुन्छन् । र विद्यार्थीहरूलाई यसरी बहकाउमा परिचालन गर्दा उनीहरू अँगभँग हुन सक्छन् वा घाइते पनि हुन सक्छन् । 

स्ववियू संगठनको अन्य नकारात्मक पक्ष भनेको शैक्षिक प्रशासनलाई स्ववीयू मार्फत अनावस्यक दवव दिनु जस्तै छात्र वृत्ति दिने सन्दर्भमा, खेललाडी छनौट प्रकृयमा, कलेज भर्ना र विद्यार्थी छनौटमा आफ्नो संगठनको प्रभूत्व जमाउनु हो । त्यसैगरी, कलेज तालबन्दी गरेर वा पुस्तकालय जलाएर वा कलेज परिसरमा राजनीतिक कार्यक्रम सन्चालन गरेर अस्वस्थय किसिमको शैक्षिक वातवारण तयार गर्नमा पनि स्ववियूको धेर थोर भूमिका हुन्छ ।

यसरी विद्यार्थीलाई विद्यार्थी संगठनमार्फत शारीरिक र मानसिक तनाव दिन पनि स्ववियूको ठूलो भूमिका छ । त्यसैले, यस सम्वेदनशिल पक्षमा राजतीतिक पार्टी र विद्यार्थी संगठन र विद्यार्थी नेताहरूले ध्यान दिनुपर्छ । र यस प्रकारको विद्यार्थीहरूको कठिनाइमा आवश्यक सुधार गर्नु जरुरी छ ।  

 

कलेज, विश्वबिद्यालय, प्राध्यापक शिक्षा विज्ञहरूले स्ववियु संगठनलाई के कसरी सहयोग गरि रहेका छन् ? स्ववीयू संगठनले देशको शैक्षिक विकासमा के कस्तो योगदान पुर्याएको ?

शैक्षिक सुधारका लागि कलेज, विश्वविद्यालय, प्राध्यापक, शिक्षा बिज्ञबाट स्ववियू संगठनले  आवश्यक सहयोग पाइरहेकै हुन्छ । त्यसैले, विभिन्न विद्यार्थी संगठनले शैक्षिक वातावरण बनाउन ती सम्बन्धित पक्षहरूसगँ आवश्यक समन्वयन गर्ने गर्दछन् । जस्तै, कलेज परिसरमा स्ववियू संगठनलाई छुटै अफिस कोठा उपलब्ध गराउनु । त्यस अतिरक्त प्रत्येक कलेजले विद्यार्थीको लागि विद्यार्थी कल्याण कोष स्थापना गरिदिनु, शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन शैक्षिक विज्ञ, दक्ष शिक्षक सबै कलेजमा उपलब्ध गराइ दिनु । साथसाथै, समयमा नै विद्यार्थी भर्ना र समयमै परीक्षा सन्चालनका रुटिङहरू लागु गर्नु र शान्त शैक्षिक बतावरण र प्रभावकारी शैक्षिक प्रशसान विद्यार्थीहरूकै हक हितका लागि पनि विश्वविद्यालय र कलेज प्रशासनले उपलब्ध गराइ दिएको हुन्छ । तर, कतिपय सन्दर्भमा शैक्षिक तथा राजनीतिक मुद्दाहरूमा स्ववियू संगठन र विश्वविद्यालय प्रशासन तथा कलेज प्रशासन सत्ता पक्ष र विपक्ष जस्तो पनि हुन्छन् । 

अर्कोतर्फ स्ववियू संगठनले बार्षिक कालेन्डर अनुसार नै विद्यार्थी भर्ना, परीक्षा सँचालन, कलेजमा नियमित पठन पाठन र प्रशासनिक सुधारका लागि सम्बन्धित पक्षलाई आवश्यक दवाव दिन्छ । साथै, यस संगठनले समय सापेक्ष पाढ्यक्रम विकासको लागि विद्यार्थीको तर्फबाट सरोकारवालाहरूलाई आवश्यक सल्लाह सुझाव पनि दिन्छ । त्यसबाहेक, विद्यार्थीहरूको  व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि कलेज प्रशसानलाई खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप सन्चालनको लागि भन्दछन् । साथै, विद्यार्थीहरूको हक हित र शैक्षिक सुधारका लागि पूर्व विद्यार्थीहरूको अल्मुनि वा संगठन बनाउन पनि  कार्य गर्छछन् । र यस विद्यार्थीको साझा फोरमबाट पनि शैक्षिक सुधार र शैक्षिक वातावरण तयार गर्न सम्बन्धित कलेज प्रशासनलाई सल्लाह तथा सुझाव दिन्छन् ।

त्यसैले, स्ववियूको यस फोरमा मार्फत पनि शैक्षिक सुधार र शैक्षिक वातावरण तयारको लागि देशव्यापी रूपमा विद्यार्थी संगठनले सम्बन्धित पक्षालाई आफ्नो राय पेश गर्दछन् ।

 

स्ववियुको निर्वाचन किन हुन नसके को ?  स्ववियू संगठनलाई   कुनै राजनीतिक पार्टिले किन उपयोग गर्छ ? 

विश्वविद्यालय प्रशासनको कमजोरी हो । किन भने विश्वविद्यालयले जारी गर्ने बार्षिक शैक्षिक क्यालेन्डर अनुसार विभिन्न प्रकारका आन्तरिक दवाव र प्रभावका कारणले गर्दा नियमित रूपमा कुनै पनि शैक्षिक कार्यक्रम तथा कृयाकलाप सन्चालन हुन सकेका छैन् ।  

त्यसैले, नेतृत्व विकासका लागि विभिन्न पार्टी केन्द्रित विद्यार्थी संगठनहरू स्वस्थ्य र निष्पक्ष निर्वाचन प्रणालीलाई अवलम्भन गर्नुको साटो स्वस्थ्य राजनीतिक प्रतिस्पर्धा भन्दा पनि स्ववियू संगठनलाई नै कब्जा गर्ने सोच बनानु वा अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिनु नै स्ववियू निर्वाचन समयमै हुन नसक्नु को मुख्य कारण हो । 

त्यसैगरी, उमेरले २८ बर्षका विद्यार्थीहरू मात्र निर्वाचनमा भाग लिन पाउने प्रावधान हुँदा हुदै पनि राजनीतिक पार्टिहरू र राजनीतिक नेताहरूको आशिर्वाद र दवावले गर्दा उमेरले डाँडा काटेका विद्यार्थी नेताहरूको नेतृत्व मोहले गर्दा वा अहिले नेतृत्वमा भएका विद्यार्थी नेताहरूले आफ्नो नेतृत्व नयाँ विद्यार्थी पुस्तालाई हस्तारण गर्न नचाहानु स्ववियू निर्वावन समयमै नहुनुको अर्को प्रमुख कारण हो । 

मुख्य रूपमा कलेज स्तरमा कुनै पनि राजनीतिक पार्टीले आफ्नो दलको संगठन विस्तार गर्न, देश भरिका कलेजमा आफ्नो दलको राजनीतिक प्रभुत्तो र प्रभाव देखाउन,विद्यार्थीहरूको सहयोगमा वा सकृय सहभागितामा आफ्ना दलका राजनीतिक अभियन र राजनीतिक कृयाकलाप सम्पन्न गर्न वा गराउन प्रत्येक राजनीतिक पार्टीहरूले स्ववियू संगठनलाई परिचालन गर्छन् वा उपयोग गर्छन् । त्यसैगरी,सक्षम र क्षमताबान विद्यार्थीहरूलाई मुल पार्टीको नेतृत्वमा ल्याउन पनि राजनीतिक पार्टीको योगदान छ । 

त्यसैले देशको कुनै पनि राजनीतिक पार्टीले स्ववियू संगठनलाई उपभोग गर्छन् । किन भने राजनीतिक भाषामा स्ववियू संगठन भनेको मिनी सँसद हो । र स्ववियू पदाधिकारीहरू भने मिनी साँसद हुन् । 

 

विद्यार्थी नेताहरूको जीवन शैली कस्तो पाउनु भएको ? स्ववियू संगठनले गर्ने आर्थिक अनियमितालाई के भन्न चाहानु हुन्छ ?

सामान्यता विद्यार्थी नेता कस्तो समाज र कस्तो परिवेशबाट आएको छ सो कुराले उसको जीवन शैली निर्धारण गर्छ । साथै, उनीहरूमा नेतृत्व गर्ने क्षमता वा विशेषता पनि प्रष्ट झल्किन्छ  र यो कला व्यक्ति अनुसार फरक फरक हुन्छ । तर अहिलेको सन्दर्भमा भने यूवा विद्यार्थी नेताहरू ठूला नेताको चाकडी  वा आशिर्वादले कलेज स्तरको नेतृत्व हत्याउने प्रवृतिका छन् । 

राजनीतिक सिद्धान्त, बीचरा भन्दा पनि गुट उपगुट र मनि मसलमा विश्वास गर्ने विद्यार्थी नेताहरूको जमात बढ्दैछ । साथै, कतिपय विद्यार्थी नेताहरूको सामाजिक पृष्ठभूमी राम्रो नहुँदा नहुँदै पनि विद्यार्थीहरू वा कजेल प्रशासन वा राजनीतिक नेतृत्वलाई दवाव वा प्रभाव पारेर कलेज स्तरको राजनीति गर्ने चलन सुरु भएको छ । यस किसिमको जीवन शैलीमा सुधार गरियो भने मात्र देशले आगामी दिनमा जिम्बेवार नेतृत्व पाउने छ ।

अर्को तर्फ, विश्वविद्यालय वा कलेज स्तरमा कुनै पनि विद्यार्थी संगठनले स्ववियू संगठनको फोरम प्रयोग गरेर आर्थिक अनियमिता गर्ने गरेका छन् । जस्तै, विद्यार्थी कल्याल कोषको दुरूपयोग गरेर, विद्यार्थी भर्ना तथा छनौटमा अभिभावक तथा विद्यार्थी वर्ग सँग बढी पैसा लिएर आर्थिक अनियमिता हुने गरेका छन् । साथै, घर भाँडा तथा पूजीगत खर्च जस्तै भलिवल कोर्ट निर्माण र अन्य भौतिक पूर्वाधार निर्माणमा कलेज प्रशासनको मिलेमतोमा पनि आर्थिक हिनामिना हुने गरेको छ  । यी कार्यहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्ववियू संगठन पनि सँलग्न हुने गर्छ ।  

त्यसैले यस किसिमको आर्थिक व्यवहारलाई पारदर्शि बनाउन आवश्यक छ । त्यसका लागि स्ववियू संगठनले बार्षिक रूपमा आफ्ना आय व्यय र सम्पती तथा दाइत्व हिसाव विवरण प्रस्तुत गर्न आवश्यक छ । यो कार्य नियमित रूपमा रूपमा गर्न गराउनका लागि राजनीतिक पार्टिका उच्तका तहका नेता वा सम्बन्धित पार्टीका सम्बन्धित निकायहरूको ध्यान जान उत्तिकै आवश्यक छ । यदी यसो भएको खण्डमा मात्र विद्यार्थी संगठन आर्थिक पक्षमा दोष रहित हुन्छ । 

 

स्ववियूकको तर्फबाट देशका राजनीतिक दल, शैक्षिक निकाय बिद्यार्थहरूलाई के भन्न चाहानु हुन्छ ? स्ववियू को संगठनलाई आगामी दिनमा कसरी लैजानु पर्छ ?

विश्वविद्यालयका बार्षिक शैक्षिक क्यालेन्डको समयमै पूर्ण रूपमा पालना हुनुपर्छ । र प्रत्येक कलेजले पनि सोही अनुसार आफ्ना शैक्षिक कार्यक्रम सन्चालन गर्नुपर्छ । कर्मचारी छनौट, शिक्षक छनौट जस्ता शैक्षिक सँसाधानहरूको पद पूर्ती स्वतन्त्र सेवा आयोगबाट हुनुपर्छ । 

राजनीतिक हस्तक्षेप वा प्रभावले शैक्षिक नेतृत्व दिने भन्दा पनि प्राज्ञिक नेतृतव दिनका लागि सम्पुर्ण राजनीतिक दलले भूमिका लेख्नु पर्दछ । साथै, कलेज स्तरमा सबै विद्यार्थीहरूलाई शैक्षिक वातवारण उपलब्ध गराउनका लागि राजनीतिक दलहरूले विश्वविद्यालय वा कलेज प्रशासनसँग समन्वयन गर्नु आवश्यक छ ।  

त्यसैगरी,विद्यार्थीहरूलाई राजनीतिक सहभागिता भन्दा पनि राजनीतिक सचेतना र जागरण दिनु पर्ने कुरामा राजनीतिक पार्टिको ध्यान जानु जरुरी छ ।  साथै, सम्पुर्ण  विद्यार्थीहरूले पनि करियर केन्द्रित भएर नियमित रूपमा पठन पाठन गर्नु पर्दछ । र शैक्षिक संस्थानहरूमा शैक्षिक वातावरण बनाउन पनि विद्यार्थीहरूले  प्रतित्युपादक भूमिका खेल्नु पर्दछ । र विद्यार्थीहरूले नै शैक्षिक ज्ञान तथा राजनितिक चेतनालाई व्यवहारमा उतार्नु पनि उत्तिकै आवश्यक छ । 

स्ववियू संगठन कस्तो हुनु पर्छ भन्ने बारेमा भने स्ववियूलाई चुस्त दुरुत्त बनाउन बार्षिक शैक्षिक योजनाको पूर्ण कार्यान्वयन हुनु नितान्त जरुरी छ । त्यसैगरी, स्ववियूलाई निश्चित विद्यार्थी नेताहरूको मात्र मागी खाने भाँडो बनाउनु भएन् । र यस विद्यार्थी केन्द्रित संगठनलाई गुण्डा गर्दी गर्ने अखडा बनाउनु भएन् । र यो निकाय एक हिसावले  राजनीतिक भर्ती केन्द्र पनि हुनु भएन । जो विद्यार्थी खटेको छ उसैलाई स्वभाविक रूपमा यस संगठन मार्फत नेतृत्वमा लैजाने परिपाटी बसाल्नु पर्दछ । साथै, आर्थिक रूपमा यस विद्यार्थीहरूको संगठन पार्दर्शित हुनु पर्दछ । 

यो स्ववियू संगठन कुनै अमुक नेता वा  अमुक राजनीतिक पार्टी केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित हुनु पर्दछ । यस संगठनले सधै विद्यार्थीहरूको हक हित र अधिकारको लागि काम गर्नु पर्दछ  । र यस संगठनमा आवद्ध हुने सबै विद्यार्थीहरूमा  सेवा भाव हुनु पनि जरुरी छ । 

यस अतिरिक्त्त, शैक्षिक निकाय रहुन्जेसम्म नै यस निकायले पनि विद्यार्थीहरूको समग्र विकासका लागि काम गरोस् ।र स्ववीयु संगठन व्यक्तिगत र चारित्रिक रूपमा असल मन र व्यवहार भएका विद्यार्थी नेताहरू जन्माउने साझा मन्च बन्न सकोस् । 

 

स्ववियुसंगठनलेकेनयाँपुस्ताकाविद्यार्थीलाईनेतृत्वदायीभूमिकाल्याउनसकेकोछ ?   राजनीतिमा यूवा पुस्ता को आकर्षण किन घट्दै गएको हो ? 

छ । प्रत्येक २ बर्षमा हुने स्ववियू निर्वाचन मार्फत नयाँ विद्यार्थी नेतृत्वमा आउने गरेको छ । यो कलेज स्तरमा भएको विद्यार्थी संगठनको एकाइबाट आउने नेतृत्व हो । र यो विद्यार्थीहरू माझबाटै आउने नेतृत्व हो । र साथै कलेज स्तरमा गठन हुने सामाजिक तथा खेलकुद एकाइबाट पनि स्ववियू संगठनले बेला बखतमा नेतृत्व पाउने गर्दछ ।  

तर अहिले आशाप्रद रूपमा राम्रा नेतृत्व देशले पाउन सकिरहेको छैन् ।  साथै, राजनीतिक सुझबुझ भएको र व्यक्तितग रूपमा नैतिक आचरण राम्रो भएका नेताहरू पनि पाउन गाह्रो छ । त्यसैले, देशको समग्र राजनीतिक अवस्था हेर्दा पनि यूवाहरू राजनीतिक कृयाकलापबाट विरक्त भएका हुन् ।

त्यसैगरी, यूवा हुने बित्तिकै राजनीतिक सचेतना र राजनीतिक सहभागि भन्दा पनि आर्थिक पक्षलाई यूवाहरूले प्रमुख प्राथमिकता दिने गरेका छन् । र  यूवा विद्यार्थी वर्गको राजनीतिक वृती विकास पनि प्रत्याप्त मात्रा हुन सकेको छैन । त्यस्तै, नयाँ विद्यार्थी पुस्तालाई पुराना पुस्ताका नेताहरूले पर्याप्त मात्रा राजनीतिक भूमिका वा स्पेस पनि दिएका छैन वा दिन चाहाँदैन् ।  तर पनि देशमा विभिन्न कालखण्डमा हुने राजनीतिक परिवर्तन वा राजनीतिक आन्दोलनको बलले केही मात्रा भने नयाँ पुस्ताका यूवा विद्यार्थी नेताहरू नेतृत्वमा आउने गरेका छन् । 

अन्त्यमा स्ववियू संगठनको बारेमा भन्नै पर्ने कुराहरू के के हुन् ?

यस स्ववियू संगठनलाई जिवन्त राख्न स्ववियू संगठन माफर्त हुने विभिन्न प्रकारका नकारात्मक पक्षलाई कम गर्दै सधैब यस निकायको ध्यान समग्र विद्यार्थीहरूको हक हित र विद्यार्थिहरूको शैक्षिक अवस्था सुधारको लागि हुनुपर्छ ।  र यो इकाइ सधै यूवा विद्यार्थी केन्द्रित हुनुपर्दछ ।  र यस विद्यार्थीहरूको संगठनले आगामी दिनमा नयाँ जिम्बेवार नेतृत्व जन्माउन सकोस् । जुन नेतृत्व नैतिक र चरित्रबान हुन सकोस् । 

साथै, यस संगठनले मुख्य गरी शैक्षिक गुणस्तर विकासका लागि काम गरोस् त्यसका लागि  विश्व विद्यालय प्रशासन र कलेज प्रशासनसँग समन्वयन गर्दै आफ्ना नियममित कामहरू गरोस् । त्यसैगरी,यस स्ववियू संगठनले प्रत्येक विद्यार्थीको मानोदसा बुझी सोही अनुसारको विश्वविद्यालय वा कलेजमा शैक्षिक वातावरण दिन महत्वपुर्ण  भूमिका खेल्न जरुरी छ 

तसर्थ: कुनै अमुक राजनीतिक पार्टीको पृष्ठ पोषण गर्ने भन्दा पनि देशको समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन विद्यार्थी केन्द्रित स्ववीयू संगठनले स्वयत्त भएर थप रचनात्मक भूमिका खेल्नु अबको आवश्यकता हो । 

  • १९ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !