बोष्टनवासी नेपालीले पठाए कोरोना संक्रमितको सहयोगार्थ रकम

आजभोलि

बोष्टन । कोरोना महामारीमा परेका संक्रमितलाई सघाउने उद्देश्यले अमेरिकाको बोष्टनमा रहेका नेपालीले सहयोग रकम नेपाल पठाएका छन् ।

कोरोना महामारी सहयोग अभियानको नाम संकलन गरिएको २ हज़ार ४० डलर महाविर पुनको नाममा पठाएको बोष्टन निवासी हरि काफ्लेले  बताए । 

काफ्लेले भने, ‘प्रभु मनीबाट आज रकम पठाएका छौं । महावीर पुन नेतृत्वको राष्ट्रिय अविस्कार केन्द्रमार्फत रकम कारोना संक्रमितको उपचारमा प्रयोग हुनेछ ।’

विष्णु राई नेतृत्वको कोरोना महामारी सहयोग अभियानको बैंठकमा समिति सदस्य प्रिया ढुंगेलले नेपालमा कारोनाको क़हर बढेको भन्दै सहयोग रक़म संकलन गरी पठाउनु पर्ने प्रस्ताव अनुसार रकम संकलन गरिएको थियो ।

नेपाल आमा कोरोना कहरबाट छटपटी रहेको अवस्थामा हाम्रो सानो सहयोग धेरै नेपाली दाजुभाईको उपचारमा सहयोग पुग्ने विश्वास लिएको ढुंगेलले बताईन् ।

समितिले हरि काफ्ले र चन्द्रदेव मण्डललाई रकम संकलन गरि नेपाल पठाउन जिम्मेवारी तोकेको थियो ।

दुई दिनको छोटो समयमा बोष्टन बस्ने विभिन्न २५ जनाबाट रकम संकलन गरिएको थियो ।

 

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !