इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धविराम

आजभोलि

एजेन्सी । इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धविराम प्रभावमा आएको छ ।

बीबीसीका अनुसार ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धविराम भएको जनाएका छन्। बमबारीमा कम्तीमा २४० जनाको मृत्यु भएको छ ।

अधिकांश गाजा क्षेत्रका छन् । बिरामसन्धी भए लगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाए । इजरायल र हमास दुबैले द्वन्द्वको क्रममा आ आफ्नो विजय भएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धविरामले वास्तविक अवसरको ढोका खोलेको प्रतिक्रिया दिनुभयो ।

गत मई १० देखि दुबै पक्षबीच हिंसा सुरु भएको थियो । पूर्वी जेरूसेलममा मुस्लिम र यहुदीले ओगटेको धार्मिक क्षेत्रमा सुरु भएको हिंसा बमबारीमा परिणत भएको थियो ।

इजरायलको राजनीति सुरक्षा परिषद्ले युद्धविरामका लागि गरिएको सिफारिस सर्वसम्मतले स्वीकार गरेको उल्लेख गरेको छ । इजरायलको रक्षा मन्त्री बेन्नी गान्जले ट्वीटरमा अभूतपूर्व सैन्य सफलताको दाबी गर्नुभएको छ ।

हमासका एकजना अधिकारीले अशोसिएटेड प्रेससँगको कुराकानीमा प्यलेष्टाइन नागरिकको जित भएको र इजरायली प्रधानमन्त्रीको हार भएको दाबी गरे ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !