काठमाडौं । कोरोना महामारी बढेसँग पशुपति आर्यघाटमा लाशहरुको संख्या ह्वात्तै बढेको छ । नियमित दाहासंस्कार गर्ने ठाउँ अपुग भएपछि वागमती नदीको किनारमा दाहासंस्कारको गर्ने गरिएको छ ।
हाल विद्युतीय शव दहन गृहको पछाडि वागमती किनारमा दाहासंस्कार गर्ने गरिएको छ । साथै वागमती किनारमा पनि ठाउँ अपुग भएपछि उक्त शब गृहको पूर्व पट्टी पनि लाश जलाउन थालिएको छ ।
वागमती किनार भरी लाशा जलाएको मात्र देखिन्छ । नियमित लाश जलाउने स्थानमा साधारण मानिसले मृतक आफन्त जलाउने व्यवस्था गरिएको छ ।
विद्युतीय शब दहन गृहको पछाडि र वागमती किनारमा कोरोनाबाट मृत्यु भएका नेपाली सोनाले जलाउदै आइरहेको छ ।
स्थानीयसँग कुरा गर्दा कोरोनाको कहर बढेपछि रातदिन २४ घण्टा नै लाशहरुको लाइन लाग्ने गरेको बताए । उनले भने, कुनै बेला पनि लाश जलाउने काम बन्द हुँदैन ।
एक जना मृतकका आफन्तले भने, २ घण्टा भयो, पालो पाइएको छैन् । ब्रमनाल छेउमा लाश राखेको लामो समय भयो । कति बेला खाली हुन्छ, पर्खिरहेका छौ, उनले भने ।
लाशको दाहासंस्कारमा प्रयोग भएका दाउराको कारण जताततै जलाउन प्रयोग भएका दाउरा, बाँस तथा कपडाहरु छरिएका देखिन्छन् ।
पुशपतिको आकाश भरी धुवाँ नै धुवाँ देखिन्छ । र मृतकका आफन्तहरुको रोदन नै रोदन मात्र सुनिन्छ ।