परियोजना निर्माणका विविध पक्ष र सन्दर्भ

प्रवीण भट्टराई

सामान्य भाषामा अल्पकालिन समय सीमामा कुनै निश्चित उदेश्यमुलक कार्य सम्पन्न गर्नका लागि आफूसँग उपलब्ध भएका निस्चित साधान श्रोतहरुको उपयुक्त ढँगबाट प्रयोग तथा परिचालन गरी योजना अनुसारका कार्यहरु सम्पन्न गर्नु नै परियोजनात्मक कार्य हो ।

यस प्रकारको परियोजनात्मक कार्यबाट मौलिक सेवा वा सुविधा दिने गरिन्छ । साथै, यस्ता परियोजनात्मक कार्यहरु गर्दा सयम, मूल्य र गुणको बिषेश ध्यान दिइन्छ । र यी कार्यहरु निश्चित सँगठनात्मक ढाँचा वा कार्य बिधीबाट सम्पन्न हुन्छन् । र कुनै पनि परियोजना निर्दिष्ट लक्ष्य अनुसार निर्दिष्ट समय सीमा भित्र सम्पन्न गर्न ती परियोजनात्मक कार्यहरुमा मानविय तथा गैर मानविय साधान श्रोतहरु जस्तै, मानव सँसधान, कच्चा पदार्थ, समय र बजेटको उपयुक्त ढँगले परिचालन तथा व्यवस्थापन गरिन्छ ।
त्यसैले, परियोजनाका मुलभूत विशेषताहरुलाई निम्न ढँगबाट पनि प्रष्ट पार्न सकिन्छ ।

– परियोजना मुलक कार्यमा मौलिक सेवा सुविधा दिने प्रयास गरिन्छ ।
– निश्चित समय सीमामा भित्र परियोजनात्मक कार्यहरु सम्पन्न हुन्छन् ।
– उदेश्य मुलक निच्चित परियोजनात्मक कार्यक्रमहरु सम्पन्न गरिन्छन्।
– कार्य सम्पादन गर्दा मानविय तथा गैर मानविय श्रोत साधानहरुको पूर्ण रुपमा प्रयोग तथा परिचालन गरिन्छ ।
– समय, बजेट र गुणको आधारमा निश्चित परियोजनात्मक लक्ष्यहरु हाँसिल गर्ने विभिन्न प्रकारका परियोजनात्मक कार्यहरु गरिन्छ ।

त्यसबाहेक, परियोजनाका कामहरु निश्चित समय सीमा भित्र सम्पन्न भई सक्नु पर्ने हुँदा समय र श्रम पनि कम लाग्ने गर्दछ । किनभने कुनै परियोजनाको निश्चित लक्ष्यहरु हाँसिल गर्न उक्त सन्चालित परियोनामा प्राप्त साधान श्रोतहरुको उपयुक्त तरिकाले योजनावद्ध रुपमा कार्य सम्पादन गर्न प्रयोग गरिन्छ । त्यसैगरी, परियोजनामा परियोजनात्मक कामहरु गर्दा परियोजनाबाट लाभाँवित वर्ग वा समूदायको हितलाई पनि ख्याल गरिन्छ । साथै, परियोजनाका कामहरु गर्दा आउन सक्ने बिभिन्न प्रकारका चुनौतीलाई न्युनिकरण गर्ने प्रयास गरिन्छ । ती चुनौतीहरु आन्तरिक तथा बाह्रिय वातावरणबाट आउने गर्दछ ।

ती चुनौतिहरुलाई न्यनिकरण गर्न ती सन्चालित परियोजनात्मक कार्यहरुलाई योजनाबद्ध रुपमा सम्पादन गर्ने प्रयास गरिन्छ । साथै,परियोजा व्यवस्थापन गर्दा परियोजनाले समेट्ने वा परियोजनाको आर्थिक, सामाजिक, प्राविधिक, भौतिक, वित्तीय एवं वातावरणीय पक्षको अध्ययन गरी उक्त कार्यलाई व्यवस्थित र योजनाबद्ध रुपमा व्यवस्थापन गरिन्छ । उक्त प्रयासले मुलत परियोजनात्मक लक्ष्यहरु निश्चित समय भित्र, न्युनतम् साधान श्रोतको प्रयोग गरी, निर्दिष्ट गरिएका परियोजनाका कार्यहरु व्यवस्थित रुपमा सम्पन्न गरी प्राप्त होस् ।
निम्न परिभाषाबाट पनि परियोजनाको बारेमा थप प्रष्ट पार्न सकिन्छ ।

– परियोजना बिशिष्ट बस्तु तथा सेवा प्रवाह गर्नका लागि शुरु गरिएको एक अस्थायी प्रयास हो ।
– कुनै निश्चित बस्तु वा सेवाको सम्पादन कार्य र सो कार्यको समाप्ति निश्चित समय अवधी भित्र सम्पन्न हुन्छ ।
– निस्चित लक्ष्य प्राप्तिका लागि योजनाबद्ध रुपमा सन्चालन हुने योजना मुताविका कामहरुको उपलब्धी हो ।
– परियोजना भनेको योजनाबद्ध रुपमा गरिएको लगानी हो । यो कार्य स्पष्ट योजना, उदेश्य, श्रोत साधनको उच्चतम् प्रयोग र परिचालन र सोहि अनुसारको बस्तु तथा सेवाको प्राप्तिमा आधारित छ ।

तसर्थ, परियोजनामा क्षमता वा योग्यता, साधान श्रोत, ज्ञान, शिप र बिधी वा प्रविधी सबै कुराको व्यवस्थित ढँगले प्रयोग तथा परिचालन हुन्छ । किनभने परियोजनात्मक कामहरु एक निश्चित अवधिको लागि गरिने एक सेट काम हो । साथै, यस्ता कामहरुको जीवन चक्र हुने गर्छ । र यस्ता कृयाकलापमा मानविय तथा गैर मानविय साधन श्रोतको उच्चम् प्रयोग तथा परिचालन हुन्छ । र यस्ता परियोजनात्मक कार्यहरु कुनै निस्चित वातावरणमा समय, बजेट र गुणस्तरमा ध्यान दिँदै कार्य सम्पादन गरिन्छ ।

किनभने परियोजना भनेको अल्पकालिन कार्यहरु सम्पादन गर्ने कार्य हो । ती कार्यहरुको निश्चित सुरुवात र अन्त्य हुने गर्दछन् र घोषित लक्ष्य प्राप्त भएपछि उक्त कार्यहरु सम्पन्न हुन्छन् । साथै, परियोजना भनेको नौलो कामहरुको सम्पादन हो। जहाँ प्रणालीगत रुपमा बिधी सम्वत बिभिन्न प्रकारका परियोजनात्मक कार्यहरु सम्पादन गरिन्छ । जुन कार्यहरु निश्चित समय भित्र सम्पन्न गरी परियोजनाका निर्दिष्ठ लक्ष्यहरु हाँसिल गरिन्छ ।

सामान्यता कुनै पनि परियोजनामा समय, बजेट र गुणस्त निश्चित समयको लागि हुन्छ । त्यसैले प्राप्त साधन श्रोतहरु जस्तै बित्त, कच्चा पदार्थ, ज्ञान, शिपलाई उपयुक्त ढँगले प्रयोग र परिचालन गर्दै परियोजनाको घोषित उदेश्यहरु प्राप्त गर्ने काम हुन्छ । त्यसैले, परियोजनामा समय, साधन र शीपको आदर्श उपयोग गरिन्छ । र परियोजनाको लक्षित उदेश्य प्राप्त भयो वा भएन रु परियोजनाका सरोकारबालाहरु खुसी छ वा छैन रु कामहरु योजना मुताविक सम्पादन भए वा भएन् रु मुल्य, गुणस्तर र समयलाई व्यवस्थित गर्न सकियो की सकिएन जस्ता कुराहरुको बिश्लेषण गरिन्छ । र सोही अनुसार परियोजना सफल भयो वा असफल भयो भनेर मापन गरिन्छ ।
सरसर्ति परियोजनाका मुख्य विशषेताहरुलाई निम्न ढँगबाट पनि बुझ्न सकिन्छ ।

– परियोजनाको निर्दिष्ट लक्ष्य र कार्य योजनाहरु हुन्छन् ।
– परियोजना कुनै समयमा सुरु हुन्छ भने कुनै समय भित्र अन्त्य हुन्छन् ।
– लक्ष्य प्राप्तिका लागि निश्चित साधन श्रोतको समुचित प्रयोग गर्नुपर्छ ।
– परियोजनात्मक कार्य निश्चित ढाँचामा सन्चालन हुन्छन् तर उक्त कार्यहरुमा जोखिम मिश्रित हुन्छन् ।
– परियोजनाका विभिन्न कार्यहरुलाई व्यवस्थापन गर्नुपर्दछ ।
– परियोजना निश्चित वातावरणमा सन्चालन हुन्छन् ।
– परियोजनाका कार्यहरु बिभिन्न चरण भएर सम्पादन हुन्छन् । जस्तै, थालनी तह, योजना तह, कार्यान्वयन तह र अनुगमन तथा मुल्याकान तह र उपलब्धि तथा हस्तारण तह ।
– द्धन्द्ध, लचतकता, तहगत कार्यसम्पादन, लाभाँवित समूह र नेतृत्व विकास र सामुहिक कार्य सम्पादन गर्ने चलन परियोजनामा हुन्छन् ।

तसर्थ, सँगठानात्मक निश्चित लक्ष्य एवं उद्देश्य प्राप्तिका लागि उपलब्ध स्रोतसाधन प्रयोग तथा परिचालन गरी निर्धारित समय सीमा भित्र उपयुक्त ढाँचाका आधारमा कार्य सम्पादन गरिने विभिन्न परियोजनात्मक क्रियाकलापहरुको समष्टिगत स्वरुपलाई परियोजनात्मक कार्य भनिन्छ ।

तर परियोजनात्मक कामहरु गर्ने शिलशिलामा कुनै पनि परियोजनाका कार्यहरुको व्यवस्थापन हुनुपर्छ र यो निकै चुनौति पुर्ण कार्य हो । किनभने परियोजना कुनै निश्चित वातावरणमा सन्चालन गर्नुपर्ने हुन्छ । त्यसबाहेक परियोजना निश्चित समयमा निश्चित कार्यविधीबाट सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी, परियोजनामा बिभिन्न कार्यहरु बिभिन्न चरणमा गर्नुपर्ने हुँदा कुनैपनि परियोजनालाई व्यवस्थापन गर्नु नितान्त आवश्यक छ ।त्यसैले, परियोजना व्यवस्थापनालाई यस परिभाषाहरुबाट पनि बुझ्न सकिन्छ ।

– परियोजना व्यवस्थापन भनेको परियोजनाको लक्ष्य हाँसिल गर्नका लागि कार्य योजना योजना बनाउने, मानव सँमसाधनलाई सँगठित गर्ने, सुरक्षित गर्ने र परियोजनाको बिशिष्ट लक्ष्य प्राप्त गर्न प्राप्त गर्नका लागि मानविय तथा गैर मानविय सँसाधानहरुको प्रवन्ध तथा प्रयोग र परिचालन गर्ने कला हो ।
– परियोजना व्यवस्थापनले निर्धारित समय भित्र परियोजनाका निर्दिष्ट गतिबिधीहरुको कार्य सम्पादन गर्ने वा कार्यान्वयन गर्न बिशिष्ट योजनाहरु, कार्यक्रमहरु र श्रोतहरुको उच्चतम् प्रयोग गरेर निर्दिष्ट लक्ष्यहरु प्राप्त गर्न अभिप्रेरित गर्दछ ।

तसर्थ, सन्चालित परियोजनाहरुका निर्दिष्ट उद्देश्यहरु प्राप्त गर्न ती परियोजनाहरुको आर्थिक, सामाजिक, प्राविधिक, भौतिक, वित्तीय एवं वातावरणीय पक्षको अध्ययन गरी त्यसलाई सहज रूपमा अगाडि बढाउने व्यवस्थापकिय क्रियाकलाप नै परियोना व्यवस्थापन हो ।

त्यसैले, परियोजना व्यवस्थापनमा कुनै पनि परियोजना सन्चालन तथा घोषित समय सीमा भित्रमा सम्पन्न गर्नका लागि योजनाहरु बनाउने, परियोजनाका कर्मचारीहरुलाई सँगठन गर्ने, नेतृत्व प्रदान गर्ने र निर्दिष्ट परियोजनात्क उदेश्यहरु प्राप्तिका लागि प्राप्त न्युनतम् साधन श्रोतहरुको उच्चतम् प्रयोग तथा परिचालन गर्ने कार्यहरु हुन्छन् ।
त्यसैले परियोजनाको व्यवस्थापन गर्दा निम्न कुराहरुको व्यवस्थापन गरिन्छ ।

– कर्मचारीको ज्ञान, क्षमता र कार्य अनुभव ।
– कार्य पद्धति तथा कार्य विधी ।
– साधान श्रोतको उचित प्रयोग तथा परिचाल ।
– समय, बजेट र गुणस्तर को व्यवस्थापन ।
– जोखिम, खरिद वा परियोजनाको क्षेत्र व्यवस्थापन गरिन्छ ।

यी सबै साधन श्रोतहरुको व्यवस्थापन गर्नुको मुख्य उदेश्य भनेकै परियोजनाले निर्दिष्ट गरेको लक्ष्यहरु लक्षित समयमा कार्य सम्पादन गरी प्राप्त गर्नु हो ।
यसरी परियोजना व्यवस्थापन गर्नुको मुख्य कारण भनेकै परियोजनात्मक लक्ष्य अनुसार कति मात्रामा कार्य प्रगित भयो भनेर जानकारी लिनको लागि हो । र परियोजना व्यवस्थापनको कार्यले न्युनतम् साधन श्रोतको प्रगोग गरी उच्चतम् प्रतिफल लिँदै समय सीमा भित्रै परियोजनात्मक लक्ष्य हाँसिल गर्नु हो ।
यस उदेश्य प्राप्तिका लागि परियोजना अधिकृतसँग निम्न प्रकारको जानकारी र बिज्ञता हुनुपर्छ ।

– परियोजना व्यवस्थापनमा दक्षता र व्यवसायिक ज्ञान भएको ।
– मानव सँसाधान व्यवस्थान गर्न सक्ने तथा कार्य सम्पादन दक्षता भएको ।
– नेतृत्वदायी भूमिका दिने, सँगठन गर्न सक्ने र कार्य सम्पादन गर्न गराउन सक्ने ।
– परियोजनात्मक योजनाहरु निर्माण तथा सो को कार्यान्यवय गर्न सक्ने खुवी भएको ।
– परियोजनाको बातावरणीय पक्षको अनुगमन तथा बिश्लेष्ण गर्न सक्ने ज्ञान भएको ।
– तोकिएको समय सीमा भित्र परियोजनाको लक्ष्य प्राप्तिमा प्रतिवद्ध भएको हुनुपर्ने ।
– परियोजनाको विभिन्न जीवनचक्रका बारेमा अध्ययन अनुगमन गर्न सक्ने शिप भएको ।

त्यसैले निस्चित वातावरणमा सन्चालिलत कुनै पनि परियोजना मुख्यतया निम्न जीवन चक्र भएर सन्चालित हुन् ।

– परियोजना अवधारणा अवस्थास् यस अवस्थामा अब सन्चालन हुने परियोजनाको औचित्य औचित्यता छ भन्ने प्रमाणित गरी परियोजनालाई कार्यान्वयनका लागि स्विकृत गरिन्छ । र त्यसका लागि परियोजना सन्चालन अघि परियोजना सन्चालनको लागि सम्भाव्यता अध्ययन गरिन्छ । र उक्त परियोजना सन्चालन गर्न के कति बजेट लाग्दछ, के कति साधान श्रोत लाग्दछ र कति समय भित्र उक्त परियोजना सम्पन्न गरिन्छ भन्ने अनुमान गरिन्छ ।

– परियोजना योजना अवस्था स् यो चरणमा परियोजनको लक्ष्य उन्मुख परियोजनाका लागि सुहाँउदा योजनाहरु बनाइन्छन् । त्यसका लागि परियोजना सम्पन्न गर्नका लागि चाहिने साधान श्रोत, बजेट र जोमिख बहन गर्ने क्षमता र परियोजना सम्पन्न गर्ने सयम सीमाको निर्धाण गरिन्छ ।

– परियोजना कार्य सम्पादन अवस्था स् यस चरणमा कर्मचारीहरु बीच श्रोत साधानको बाँडफाड गरिन्छ र कर्मचारिद्धारा नै कार्य सम्पादन गरिन्छ । कच्चा पदार्थको खरिद, अत्यावसेक उपकरणहरुको खरिद गर्ने काम पनि यहि चरणमा हुन्छ । साथै, समयको आधारमा कामहरु के कति सम्पादन भयो भनेर जानकारी पनि लिइन्छ । र यस चरणमा लक्ष्य प्राप्तिको लागि लक्षित योजना अनुसार कार्यहरु सम्पादन पनि गर्दै गइन्छ ।

– परियोजना मुल्याँकन तथा अनुगमन अवस्था स् यस चरणमा परियोजनाको अनुगमन तथा कार्य उपलब्धिको बारेमा ज्ञानकारी हाँसिल गर्ने गरिन्छ । र कार्य तालिका अनुसार नै समय सीमा भित्र आफुसँग भएको साधन श्रोतकै धारममा परियोजनका उपलब्धिहरु प्राप्त भएका छन् भनि जानकारी लिइन्छ ।

– परियोजनाको कार्य समाप्ती अवस्था स् यस अवस्थामा परियोजनमा सम्पादन भएका कार्यहरुलाई उपभोक्ताहरुलाई हस्तारण गरिन्छ । साथै, अन्य मिल्दा जुल्दा परियोजनामा उक्त परियोजनाका साधन श्रोतहरु हस्तारण गरिन्छ । साथै, परियोजनबाट के कस्ता उपलब्धिहरु हाँसिल भए रु आगामि दिनमा के कस्ता अन्य परियोजनात्मक कामहरु गर्नु पर्छ सो बारेमा पनि मुल्याँकन गरिन्छ । त्यसैगरी, परियोजनाको प्रभाव समुदयमा के कस्तो छ रु बुझ्ने काम गरिन्छ ।

किनभने, कुनैपनि परियोजना कुनै निश्चित बातावरणमा सन्चालित हुन्छ । त्यसैले परियोजनाको बातावरण मुख्य गरी आन्तरिक तथा वाहिय्य तत्वले बनेको हुन्छ जसले परियोजनलाई निरन्तर रुपमा प्रभाव पारि रहेको हुन्छ । परियोजनाको वाहिय वातावरणीय पक्षलाई निम्न अनुसार वर्गिकरण गर्न सकिन्छ ।

– सामाजिक तथा सँस्कृतिक वातवरण ।
– प्रविधी वातावरण ।
– कानुनी बातावरण ।
– राजनीतिक वातावरण ।
– भौगोलिक वातावरण ।

भने आन्तरिक वातावरणलाई निम्न अनुसार वर्गिकरण गर्न सकिन्छ ।

– सँस्थाको उदेश्य ।
– सँस्थाको तहगत ढाँचा ।
– सँस्थाको साधन श्रोत ।
– उपभोक्ता, सरकार, श्रम सँगठन, बैक तथा बित्तिय सँस्था आदी

तर आन्तरिक तथा बाह्रिय बातावरणले कुनै पनि परियोजनालाई चुनौति तथा अवसर र मजबुति र कमजोरीका बारेमा जानकारी दिइरहेको हुन्छ ।
त्यसैले परियोजना सन्चालन गर्दा वातवरणिय पक्षको राम्रो सँग अध्ययन तथा अनुगमन गर्नुपर्छ । प्रत्येक परियोजनाका उदेश्य, कामको क्षेत्र र बजेटको सीमा र कामको ढाँचा र काम सम्पादन गर्न चाहिने समय सीमाको बारेमा बारेमा राम्रो सँग जानकारी

नुपर्छ । र वातावरणबाट के कस्ता चुनौति र अवसरहरु आउँछन् वा बातावरणमा के कस्ता राम्रा र कमजोरी पक्षहरु छन् सो बारेमा ज्ञान हाँसिल गर्नुपर्छ ।
किनभने कुनै पनि परियोजना परिवर्तित वातावरणमा सन्चालित हुन्छ । वातवरणको प्रभावले गर्दा नै परियोजनामा जटिलता, अनिश्चिता आउने गर्दछ । त्यसैले कुनैपनि परियोजनाले परिवर्तित वातावरणलाई आत्मासाथ गरेर आफ्ना परियोजनात्मक कार्यगरी परियोजनाका लक्ष्यहरु हाँसिल गर्नुपर्दछ ।

अर्को तर्फ, परियोजनको विकास क्रमलाई प्रष्टाउने हो भने १९ औ शताब्दी पहिले प्रथम चरणमा परियोजनाका कामहरु सम्पन्न गर्न आत्पकालिन योजना, सहकार्य, श्रोतको बाँडफाँड, तालिकाबद्ध रुपमा परियोजनात्मक कार्यहरु गरिन्थो । तर १९ औ शताब्दितामा बाणिज्यको बढ्दो जटिलता, उद्योग व्यवसायको बढ्दो आवश्यकता र श्रम शक्तिको जटिलताले गर्दा २० औ शताब्तिमा भने कार्य विभाज र बस्तु उत्पादनका आधारमा परियोजनका कामहरु हुन थाले । र हेनरी ग्यान्टले सन् १९१७ मा बिकास गरेको गान्ट चार्ट ९ग्याट चार्ट० लाई परियोजना कार्य सन्चालनमा प्रयोग गरियो । त्यसैगरी, सन् १९५० मा भने परियोजनामा कार्यक्रम मुल्याँकन तथा अनुगमन बिधीलाई प्रयोगमा ल्यायो । यस बिधीमा परियोजनाका योजनालाई सरलिकरण गरी परियोजनामा सन्चालित कामहरुको मुल्याँकन गरिन्थो । त्यसैगरी, परियोजनामा सन् १९५७ मा क्रिटिकल पाथ पद्धतिको प्रयोग गरियो । र सन् १९६२ देखि भने कार्य विभाजन बिधी र कार्य तालिका बिधी प्रयोग गरी परियोजना कामहरु सम्पन्न गर्न थालियो ।

यसरी विभिन्न समयमा परिस्कृत हुँदै आएको परियोजना आज यस अवस्थामा आइ पुगेको छ । तर पनि कुनै पनि परियोजना निर्दिष्ट समयमा सम्पन्न हुन सकेका छैन् । जस्तै, अरुण तेस्रो जलबिद्त आयोजना । त्यसैले, समयमै विबिध कारणले निर्माण कार्य नसकिएर परियोजनाहरुको लागत र समयावधि बढ्ने समस्या अहिले पनि छ । देशको राजनीतिक अस्थिरता र प्रशासनिक जटिलताले गर्दा परियोजनाहरु समयमै सम्पादन हुन नसकेका प्रसस्त उदाहरणहरु छन् । देशमा भइरहने बन्द, हडताल र तालाबन्दिले गर्दा ती सुरुभएका परियोजनाले लक्षित उदेश्य हाँसिल गर्न सकेको छैन । परियोजना क्षेत्रका स्थानीय व्यक्तिहरुका स्थानीय माग र उनीहरु सो ठाउँबाट बिस्थापित हुनुपर्ने समस्याको पनि उचित समाधान हुनसकि रहेको छैन । त्यसैगरी, नदीजन्य सामग्री उत्खनन, प्राकृतिक श्रोत साधानको गलत प्रयोग पनि परियोजनाका कार्य सम्पादनका प्रमुख जटिलता वा समस्याहरु हुन् ।

त्यसैगरी, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपले गर्दा बिगत १ बर्ष देखि देशका कतिपय परियोजनाहरु नियमित रुपमा सन्चालनमा आउन सकेका छैन्न । साथै, राज्यले बार्षिक रुपमा प्रस्तुत गर्ने बजेटको असमान वितरणले गर्दा पनि कतिपय राष्ट्रिय गौरवका परियोजनाहरु जस्तै, बारा निजगढ अन्तराष्ट्रिय विमान स्थल वा पोखरा अन्तराष्ट्रिय विमान स्थल आदी आसादित रुपमा अहिले सम्म पनि सन्चालनमा आउन सकेका छैन् वा ती परियोजनाहरु घोषित मितीमा सम्पन्न हुन सकेका छैन्न् ।
अर्को तर्फ देशमा सन्चालनमा आएका परियोजनाहरु राजनीतिक लाभ तथा परामर्शदाताको रुचि, विदेशी स्वार्थ वा संलग्नता आदिको आधारमा परियोजना छनोट हुने गरेका छन् यस कार्यले पनि परियोजनाको सफलता मान गर्न सकिएको छैन् ।

अतिरिक्त आयोजना निर्माणमा सार्वजनिक खरीद ऐनको अव्यावहारिक कार्यान्वयन, समयम अनुगमन तथा मुल्याँकन गर्न नसकिने, ठेक्कापट्टासम्बन्धी लामो र जटिल कानुनी तथा व्यवहारिक प्रक्रियागत समस्या, वातावरणीय प्रभाव मूल्याङ्कनको समस्याहरू पनि परियोजना योजना अनुसार सम्पन्न नहुने कारणहरु हुन् । साथै, परियोजनाबाट बिस्थापित हुनु पर्दा वा परियोजना सन्चालनका क्रममा स्थानीयबासीले पाउने परिपुरणको अवस्था बैज्ञानिक हुन नसक्दा पनि परियोजना कार्यान्वयमा थप जटिल थपिएको छ । साथै परियोजनाले गर्दा वन विनास, कृषि योग्य भूमिको नास, स्थानीयबासी वा स्थानीय समुदायको पैत्रिक पेशा र व्यवसाय सँकटमा पर्ने जोखिमलाई पनि नकार्न सकिदैन ।

तसर्थस् आयोजनालाई सफल र सार्थक बनाउन आयोजनाको पहिचान आवश्यकताका आधारमा हुनुपर्छ । त्यस्ता आयोजनाको नीति निर्माण गर्ने र योजना तर्जुमा गर्ने निकायबीच उचित तालमेल र समन्वय हुनुपर्छ । परियोजना नजिकका स्थानीय बासीहरुलाई पनि प्रत्यक्ष रुपमा त्यस्ता महत्वपुर्ण नीति नियम बनाउने कार्यमा सहभागि गराउनु पर्दछ । स्थानीय पर्यावरण वा वातावरणिय पक्षको सँरक्षण तथा जगेर्नामा बिशेष ध्यान दिनुपर्दछ । किनभने स्थानीय ग्रामिण विकास गर्न, ग्रामीण रोजगारी सृजना गर्न, आन्तरिक एवं बाह्य स्रोतसाधनको परिचालन गरी देशमा व्याप्त गरिबी निवारणका लागि राज्यले परियोजनाको अवधारणा ल्याई सोही अनुसार स्थानीय गाउँठाउँमा साना, मझौला र ठूला परियोजनाहरु निर्माण कार्य थालेको हो ।

त्यसैले, समसायमिक सुधार सहितको नीतिगत निरन्तरता कायम गर्न, जोखिमको पक्ष गहन विश्लेषणका साथ आकलन गर्न, परियोजना छनोट र कार्यान्वयनमा सरोकारवालाहरूलाई उच्चतम सहभागी गराउन, उक्त परियोजना डिजाइन र निर्माणमा स्थानीय तथ्याङ्क र सूचनाको प्रयोग गरी स्थानीय अवस्था, आवश्यकता र क्षमताको आधारमा सो परियोजनाको प्रारूप ढाँचा तयार पार्नु कुनै पनि परियोजनाको लागि उपलब्धिमुलक हुन्छ । तबमात्र, परियोजनाले निश्चित बातावरणमा, न्युनतम साधानको श्रोतहरुको उच्चतम् प्रयोगबाट, निश्चित्त समय सीमाभित्र बिभिन्न प्रकारका परियोजनात्मक कामहरु गर्दै निर्दिष्ट गरेका परियोजनात्मक लक्ष्यहरु हाँसिल गर्ने सक्नेछन् ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !