सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा बोलायो

आजभोलि

काठमाडौं । सर्वोत्तम सिमेन्टल कम्पनीले असार १० गते विशेष साधारणसभा बोलाएको छ । बुक बिल्डिङ प्रणालीमार्फत सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराएको कम्पनीले बोनस सेयर वितरणका लागि विशेष साधारणसभा डाकेको हो । कम्पनीले लगानीकर्तालाई १९ दशमलब ११ प्रतिशत बोनस सेयर दिन लागेको छ ।

कम्पनीले गत फागुनमै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको थियो । कोभिड संक्रमण फैलिएको र तयारी नपुगेपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कम्पनीले सेयरको प्राथमिक निष्कासन (आइपीओ) का लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयरको बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटलसँग चैत ४ गते बुधबार सम्झौता गरेको थियो । यस्तै, एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल यसको सह–बिक्री प्रबन्धकमा नियुक्त भएका थिए । सेयर जारी गर्नु पूर्व नै कम्पनीले बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाएको छ ।

अब सर्वसाधारणले पाउने सेयर संख्या पनि करिब १२ लाख कित्ताले बढ्ने छ । यसअघि कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई गरी २८ लाख कित्ता छुट्याइएको थियो । थपिएको १२ लाख कित्ता समानुपातिक रुपमा बाँड्न लागेको छ । बोनस सेयर जारीपछि चुक्ता पुँजी ४ अर्ब ५ करोड पुग्ने छ । यसको १५ प्रतिशत सेयर जारी हुँदा चुक्ता पुँजी ६० करोड ७५ लाख रुपैयाँले वृद्धि हुने छ ।

सर्वोत्तम सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउन लागेको नेपालको दोस्रो सिमेन्ट कम्पनी हो। यसअघि शिवम् सिमेन्टले थप दुई सय रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई कम्पनीको मालिक बनाएको थियो । अर्को सर्वोत्तमले प्रिमियम मूल्यमै सेयर जारी गर्न लागेको छ । सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर सेयर जारी गर्न लागेको हो । यस विधिबाट सेयर बिक्री गर्नका लागि कम्पनीले आन्तरिक मूल्यांकनबाट प्रतिकित्ता जारी मूल्य ७५० रुपैयाँभन्दा बढी हुने दाबी गरेको छ । यो गत पाँच महिना अगाडिको हिसाब हो ।

मूल्यमा केही थपघट हुन सक्ने छ । संस्थागत लगानीकर्ताले बोलकबोलबाट यसको ‘कट अफ’ मूल्य तय गर्नेछन् भने त्यसको १० प्रतिशत कममा सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने हुन्छ । सर्वोत्तमले ७५० रुपैयाँलाई नै ‘कट अफ’ मूल्य मानेर सर्वसाधारणलाई पर्ने मूल्य त्यसको १० प्रतिशत (रु. ७५) कम अर्थात् प्रतिकित्ता ६७५ रुपैयाँ हुने दावी कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !