अमेरिकामा संक्रमणबाट ६ लाख १५ हजारभन्दा बढीको ज्यान गयो

१२, जुनमा ९ हजार ४२१ जना मात्र संक्रमित थपिए

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१२, जुन) मा ६ लाख ४८ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा ९ हजार ४२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११, जुनमा १३ लाख ६७ हजार ९४१ जनाको नमुना परीक्षण गर्दा १६ हजार १४५ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टा (१२, जुन) मा कोरोनाभाइरस संक्रमणबाट ३०५ जनाको मृत्यु भएको छ । ११, जुनमा कोरोना संक्रमणबाट ४१५ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा जेठ ३० गते आइतबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४३ लाख १५ हजार ८६७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ८३ लाख ८१ हजार ६१८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ ३० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५३ लाख १९ हजार २१२ जना छन् ।

नेपाली समय अनुसार जेठ ३० गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४९ करोड ३८ लाख ९४ हजार ८५३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड २४ लाख ४५ हजार ५७२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १६ करोड २४ लाख ४५ हजार ५७२ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ ३० गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १५ हजार ३७ जनाको मृत्यु भैसकेको छ । जेठ ३० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ६३ लाख ८५ हजार ५२६ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख १० हजार ६५ जना छन् ।

 

 

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !