उपत्यकाका ठूला सार्वजनिक सवारी साधन सञ्चालनमा

आजभोलि

काठमाडौँ । काठमाडौँ उपत्यकामा दुई महिनापछि ठूला सवारी साधन सञ्चालनमा आएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाख १६ गतेबाट निषेधाज्ञा लागूभएसँगै सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । आजदेखि उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

कोरोना संक्रमण दर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा संक्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाएका छन् ।

उपत्यकामा आजदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमा सञ्चालनमा आएका छन् । आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन पाइनेछ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा, माक्स अनिवार्य रुपमा लगानुपर्ने ।

निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणालीमा सञ्चालन सुरु भइसकेको छ । यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरीरपुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

यसअघि यी पसलहरुलाई वार तोकिएको थियो । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, चिडियाखानालगायत भीडभाड हुने क्षेत्र भने खुल्ला गरिएको छैन ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !