आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

आजभोलि

काठमाडौं । असार १५, अर्थात राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । २०७८ सालको असार १५ गते पनि राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाएर मनाइदैंछ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । राष्ट्रिय धान दिवस २०६२ सालदेखि मनाउँन थालिएको हो।

तराई–मधेसमा ७० प्रतिशत भूमिमा धानबाली लगाइन्छ भने पहाडमा २६ प्रतिशत भूमिमा धान लगाइन्छ । कुल मिलाउँदा १४ लाख हेक्टरमा धानबाली लगाउँदा करीब ४७ लाख मेट्रिकटन धान उत्पादन हुने बताइन्छ । धान दिवसको दिन आज कर्णाली प्रदेशले सार्वजनिक विदा दिएको छ ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम गरेर असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिने परम्परा यस वर्ष पनि कायम गरिने छ ।

पहिलैदेखि असार १५ लाई दही च्युरा पर्वको रुपमा लिने गरिएको थियो । छिटो मनसुन सुरु भएसँगै यसवर्ष हालसम्म करिब २५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो ।  नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ ।

जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ ।  तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान उत्पादन हुन्छ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !