नेकपा माओवादी र एमालेबाट दर्जनौं नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

आजभोलि

स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । त्यही मेसोमा स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उपाध्यक्षसहित नेकपा माओवादी केन्द्र र एमालेबाट दर्जनौं नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आँधीखोला गाउँपालिका ५ नम्बर वडामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी र एमालेबाट ६ दर्जनभन्दा बढी नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन् । त्यसरी कांग्रेस प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र आँधीखोला गाउँपालिकाका उपाध्यक्ष कृष्ण पौडेल, सचिव गंगा गुरुङ, शिक्षक संगठनका नेता बलबहादुर थापा, मेघराज तिमिल्सिनालगायत थुप्रै नेता, कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

ती नवप्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, संविधानसभा सदस्य राजु थापा, नेका आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ ‘विश्व’, कांग्रेस जिल्ला कार्यवाहक सभापति कुमार राना, नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले पार्टी प्रवेश गराउँदै कांग्रेसमा स्वागत गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कांग्रेसले इतिहासका प्रत्येक मोडहरुमा राजनीतिको नेतृत्व लिएको बताउँदै लोकतन्त्र, शान्ति र विकासको पक्षमा सधैं अविचलित रहेको वचनबद्धता प्रकट गरेका थिए । कार्यक्रममा उनले राजनीतिमा धैर्य, साहस र नेतृत्वदायी गुण भएन भने राजनीति अस्थिरताको बाटोमा जानेसम्म भन्न भ्याए ।

पार्टीमा नवप्रवेशीहरुको तर्फबाट नेकपा माओवादी केन्द्र आँधीखोला गाउँपालिका उपाध्यक्ष कृष्ण पौडेलले आफू ४१ वर्षपछि कांग्रेसमा फर्किएको बताए । ‘नेपालमा कम्युनिस्ट नै रहेनछन् । इतिहासका हरेक अप्ठ्यारा मोडहरुमा कांग्रेसले नै विचार र राजनीतिको नेतृत्व गर्ने रहेछ,’ पौडेलले ठोकुवा गरे ।

यस्तै अर्का नवप्रवेशी आँधीखोला गाउँपालिका माओवादी केन्द्रका सचिव गंगा गुरुङले आफूहरु समाज परिवर्तनका लागि माओवादीमा लागेपनि कम्युनिष्टहरुमा परिवर्तनको कुनै छाँट नदेखेपछि तुलनात्मक रुपमा कांग्रेस नै ठिक लागेर प्रवेश गरेको बताए । नेपाली कांग्रेस आँधीखोला सभापति नारायणप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको मार्यक्रमको सञ्चालन महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले गरेका थिए ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !