अमेरिकामा नेपाली बालिकामाथि गोली प्रहार

आजभोलि

बोष्टन । म्यासाचुसेट्स राज्यको समरभिल सिटिमा बस्ने १६ वर्षिया ए नेपाली बालिकामाथि गोली प्रहार भएको छ । मंगलबार बिहान ३ बजेर ३४ मिनेट जाँदा उनीमाथि गोली प्रहार भएको थियो ।

समरभिल प्रहरीका अनुसार ज्याक र ग्रन्ट स्ट्रिटको चौबाटोमा गोली प्रहार भएको  हो ।

गोली लागि घाइते भएकी उनलाई तत्काल बोष्टनस्थित म्यासाचुसेट्स जनरल अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको माथिल्लो खुट्टाको पछिल्तिर गोली लागेको थियो । उनको सल्यक्रिया गर्न ६ घण्टा भन्दा बढी समय लागेको स्थानीय समाचार संस्था न्यूज सेन्टर ५ ले जनाएको छ । 

गोली लागि घाइते भएकी उनको अवस्था हाल ठीक भएको पीड़ित बालिकाकी बाबु राज घिमिरेलाई उधृत गर्दै न्यूज सेन्टरले जनाएको छ ।

घटनामा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

न्यूज सेन्टर ५ सँग कुरा गर्दै पीडितका बुबा राज घिमिरेले कुकुरलाई बाहिर डुलाउन मध्यरातमा लगेको अवस्थामा गोली प्रहार भएको जनाएका छन् ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !