इंल्यान्डलाई हराउँदै युरो कपको उपाधि इटालीले हात पा-यो

आजभोलि

काठमाडौं । हिजोराति भएको फाइनलमा खेलमा इंल्यान्डलाई पेनाल्टी सुटआउनमा तीन, दुई गोल अन्तरले इंल्यान्डलाई पछिपार्दै इटालीले उपाधि हात पारेको हो । इटालीले यो दोस्रो पटक युरो कपको जित हासिल गरेको हो । यसअघि इटालीले सन् १९६८ मा युरो कपको जितेको थियो । तर, इंल्यान्ड भने पहिलो पटक युरो कपको उपाधिका लागि फाइनलमा पुगेको हो ।

वेम्बली सटेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एकएक गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि पेनाल्टीमा इटाली बाजी मार्न सफल भएको हो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरेका थिए । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले छेकेका थिए । इंल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे ।

मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए । त्यसअघिका खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो । खेलको तेस्रो मिनेटमा लुक शले गोल गर्दै इंल्यान्डलाई अगाडि बढाएका थिए । खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई एक एक गोलको बराबरीमा फर्काए ।

मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए । इंल्यान्डको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो ।

इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा चार दुई गोलअन्तरले पराजित गरेको थियो । इंल्यान्डले भने डेनमार्कलाई हराएर इटालीसँगको भिडन्त पक्का गरेको थियो ।े डेनमार्कलाई अतिरिक्त समयमा इंल्यान्डले दुई एक गोलअन्तरले पराजित गरेको थियो ।

 

 

 

 

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !