अपि पावरको हकप्रदबाट बिक्री नभएको सेयर लिलामीमा

आजभोलि

काठमाडौं । अपि पावर लिमिटेडले बिक्री नभएको हकप्रद शेयर लिलाममा बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री गरेको हकप्रद शेयरमा भनेजति आवेदन नपरेपछि २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलाममा बिक्री गर्न लागेको हो ।

सो शेयर खरिदका लागि साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट सेयरका लागि आवेदन दिन सक्ने छन् ।

 

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !