नबिल बैंकको पनि ब्रोकर कम्पनी

आजभोलि

काठमाडौं । नबिल बैक लिमिटेडले पनि शेयर किनबेचका लागि कम्पनी दर्ता गरेको छ । बैंकले गतसोमबार कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गराएको हो । कम्पनीले “नबिल सेक्युरुटिज” को नाममा कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

उसले कम्पनी दर्ताको रजिस्ट्रेसन नम्बर २६४८७० मार्फत दर्ता प्रमाणपत्र पाएको कार्यालयले जनाएको छ । नबिलले शेयर किनबेच गर्ने, स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने मुख्य राखेर कम्पनी दर्ता गरेको कार्यालयले जनाएको छ ।

नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ । केहीको दर्ता प्रक्रिया सकिएको छ भने केहीलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुमित ल्याउन कार्यालयल सुझाएको छ । जसको कारण उनीहरूको दर्ता प्रक्रिया अघि बढेको छैन । बोर्डको अनुमति ल्याउनेको भने दर्ता गर्दै लगिएको छ ।

जसमा पछिल्लो समय एनएमबि बैंक र हाथवे इनभेषेटमेन्टलाइ शेयर ब्रोकरको काम गर्न सक्नेगरी अनुमति दिइएको छ । एनएमबि बैकले असार सातमा ब्रोकर कम्पनीको काम गर्ने गरी नयाँ कम्पनी दर्ता गरेको हो । उसले “एन.एम.बि. सेक्युरुटिजको नाममा कम्पनी दर्ता गरेको छ भने हाथवेले चालु आर्थिक वर्ष लागे लगत्तै नयाँ कम्पनी दर्ता गरेको कार्यालयले जनाएको छ।

उसले गत साउन एक गते ‘हाथवे स्टक डिलर’ को नाममा शेयर किनबेचका लागि कम्पनी खोलेको हो । त्यसैगरी शेयर किनबेचका लागि उज्यालो क्यापिटल मार्केट, अवसर इक्युटि नामक कम्पनी पनि दर्ता भएका छन् ।

हब सेक्युरुटिज लगायतका कम्पनी भने दर्ता प्रक्रियामा छन् । यस अघि धेरै जसो वाणिज्य बैंकहरुले ब्रोकरको काम गर्ने गरी ब्रोकर कम्पनी खोलिसकेका छन् ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !