माधव नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन ओली तयार

आजभोलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन लागेका छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’ मा नाम लेखिने गरी ‘गद्दारी’ गरे पनि पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन राजी भएको ओलीले बताएका हुन् ।

महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि पछि नपरेको बताए । ‘पार्टी एकताका लागि आज नेपाललाई भेट्ने ओलीले बताएका छन् । नेपालले प्रस्ताव अस्वीकार गरे बैठकले उचित निर्णय लिने ओलीको चेतावनी छ । ओली र नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । वार्ताका लागि कार्यदलका पूर्वसदस्यहरु जुटेका छन् ।

ओलीले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदहरुलाई त्यसबारे स्पष्ट नपारी अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिकाले प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गरेको हो भन्दै २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र समेत पठाइएका थिए ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !