भारतमा फेरि कोरोना संक्रमित बढे, केरलामा लकडाउन

आजभोलि

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि भारतको केरलामा पूर्ण लकडाउन हुने भएको छ । केरलाका पी विजयनले लकडाउनको समयमा कसैले छुट पाउने छैनन् भनेका थिए । पछिल्लो तीनमा केरलामा कोरोना संक्रमण दर १० दशमलब ८ प्रतिशतले बढेको पाइएको छ । कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला बेलायत, रुस, अमेरिका, भारतलगायत केही मुलुकमा कोरोना संक्रमित झन् बढ्दै गएकोमा विज्ञहरुले चिन्ता गरेका छन् ।

अहिले भारतमा दैनिक ४० हजार संक्रमित भेटिएका छन् । भारतका १३ राज्यमा कोरोनाभाइरसको संक्रमण बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ती राज्यहरुमा केरला, आन्ध्र, उडिशा, दिल्ली र पूर्वोत्तरका आठ राज्यहरुमा संक्रमण ह्वात्तै बढेको छ । वर्धमान महावीर मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका निर्देशक प्रोफेसर जुगल किशोरले भनेका छन्– कोरोनाभाइरसको दोस्रो लहरजस्तो तेस्रो लहर भयावह हुने छैन ।

कोरोनाभाइरसको तेस्रो लहर आउँछ, तर दोस्रो लहरले जस्तो नोक्सान नगरि जान्छ उनले भनेका छन् । हैदरावाद युनिभर्सिटीले दावी गरेको छ कि जुलाई अन्तिम सातामा कोरोनाभाइरसको तेस्रो लहर शुरु हुने अनुमान गरिएको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, जुलाई) मा १८ लाख ५२ हजार १४० जनाको नमुना परीक्षण गर्दा ४१ हजार ६९७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

२०, जुलाईमा १९ लाख १८ हजार ८७७ जनाको नमुना परीक्षण गर्दा ४२ हजार १२३ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२१, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५१० जनाको निधन भएको छ । २०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४८९ जनाको निधन भएको थियो । नेपाली समय अनुसार साउन ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ जना छन् ।

२०७८, साउन ७ गतेसम्ममा भारतले ४४ करोड ९१ लाख ९३ हजार २७३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ७ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ४ लाख २१ हजार ८१३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १६ हजार ५ जना छन्, यो संख्यामा तल–माथि भैरहेको छ । पछिल्लो २४ घण्टा (बुधबार) मा ३८ हजार ८१२ जना कोरोना मुक्त भएका छन् । साउन ७ गते बिहीबारम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १९ हजार २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

 

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !