सामाजिक सुरक्षा कोषका बारेमा आज सर्बोच्चको निर्णय

आजभोलि

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जाने÷नजाने बिषयलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै अन्तरिम आदेश मागेका २२ बैंकका कर्मचारीका मुद्दाको सुनुवाइ आज हुँदै छ । तीन वटा सुनुवाइपछि सर्बोच्च अदालतले आज अन्तरिम आदेश दिने÷नदिने निर्णय गर्ने छ ।

यसअघि दं(ुबै पक्षको कुरा सुनेर मात्र आवश्यक निर्णय गर्ने भन्दै अदालतले सुनुवाइ तोकेको थियो । अस्ति मंगलबार दिनभरी बहश हुँदा पनि टुंगिएन । आज हुने छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश दिने÷नदिने निर्णय गर्दै छ ।

अहिले सामाजिक सुरक्षा कोषले बैंकहरुलाई पत्र लेखेरै अनिवार्य आउन भनेको छ । बैंकका कर्मचारीले भने अहिले पाइरहेको सुविधा पनि काटिने भन्दै जान मानिरहेका छैनन् । उनीहरुले अहिले नै राम्रो सामाजिक सुरक्षा पाइरहेकाले कोषमा नआउने बताउँदै आएका छन् ।

कोषले जबर्जस्ती गरेको भन्दै उनीहरु सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरुले यसलाई स्वेच्छिक बनाउन माग गरेका छन् । २२ वटा बाणिज्य बैंकका कर्मचारीले मद्दा हालेका हुन् ।

यसमध्ये नेपाल एसबीआई बैंक भने कोषमा दर्ता भइसकेको छ । कर्मचारीले आफ्नो अनुमति बिना कोषमा दर्ता गरेको भन्दै बिरोध जनाएका छन् । स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक भने स्वेच्छाले नै कोषमा आबद्ध भइसकेका छन् ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !