नेपाली कांग्रेस तीन तहको अधिवेशनसपछि सिधैं केन्द्रीय महाधिवेशन गर्ने तयारीमा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देख ि१९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । केन्द्रीय महाधिवेशनअघि कांग्रेसले सात तहका अधिवेशन गर्नुपर्ने हुन्छ । आगामी साउन १२ गतेदेदि वडा तहको अधिवेशन गर्ने समयतालिका निर्धारित गरेको छ ।

तर, अहिलेसम्म क्रयिाशील सदस्यता वितरण र नविकरणको काम नसकिएकाले कम्तीमा १० दिन वडा तहको अधिवेशनको मिति सार्नेगरी गृहकार्य थालिएको छ । स्रोतका अनुसार केन्द्रीय महाधिवेशनअघि दुई तहको मात्र अधिवेशन गर्ने तयारी भएको छ ।

कोरोना महामारीका कारण सबैभनदा महत्वपूर्ण वडा र क्षेत्रीय तहको अधिवेशनपछि सिधंै केन्द्रीय महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र व्यापक छलफल भइरहेको छ । पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिन थालेपछि गाउँ–नगर–महनगर, जल्लिा र प्रदेशको अधिवेशन १४ औं महाधिवेशनपछि गर्ने तयारी भइरहेको छ ।

तोकिएअनुसार अब महाधिवेशनको लागि एक महिनापनि समय छैन । फेरि कोरोना संक्रमण फैलएिको, पार्टी सभापतसिमेत रहेका प्रधानमन्त्री शेरबहादुर कोइरालाको कार्यव्यस्ततालगायतका कारण अन्य अन्य अधिवेशन पछि गर्ने गरी तत्काल वडा तह र क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि छनोट गरेर एकैचोटी केन्द्रीय महाधिवेशन गर्ने तयारीमा कांग्रेस लागेको स्रोतको दावी छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !