पछिल्लो २४ घण्टामा २ हजार ९७७ कोरोना संक्रमित थपिए

आजभोलि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरी दुई हजार ९ सय ७७ जनामा कोरोना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्राकालयका अनुसार आज १७ हजार ३ सय ८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

बिहीबार दुई हजार ७१४ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएकामध्ये १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८२ जनामा र तीन हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा कोरोना संक्रमण पाइएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । बिहीबार २४ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ७८ जना निको भएका छन् । बिहीबार एक हजार २८८ जना संक्रमितहरु निको भएका हुन् । अहिले देशभर २७ हजार ६ सय ६१ जना सक्रीय संक्रमित रहेका छन् ।

 

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !