नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समतीले मंगलबार (१२ साउनमा) अन्तिम प्रतिवेदन बुझाउने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ ।

समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए । ‘हामीले आफ्नो काम सकेका छौं,’ ‘केही ठाउँबाहेक समितिले सर्वसम्मत रुपमा सहमति गरेर सदस्यतालाई टुंग्याएका छौं ।

’ सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन । समिति प्रवक्ता पौडेलले समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ ।

‘यी दुई जिल्लामा निकै समस्या देखियो । विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अब बारा र सप्तरीको हकमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट महाधिवेशन प्रक्रिया अगाडि बढ्छ ।’ त्यस्तै समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ ।

समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिश गरेको हो । त्यस्तै धनुषा क्षेत्र–४ मा पनि विवाद देखिएको छ । त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा पनि विवाद देखिएको हो ।

सर्लाही क्षेत्र नं. २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ । सर्लाही–२ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए । उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्काे पक्षले असन्तुष्टि जनाएको हो । बाराका केही नेता कार्यकर्ताहरु करिव १५ दिनदेखि पार्टी कार्यालय सानेपामा धर्नामा छन् ।

समिति प्रवक्ता पौडेलका अनुसार देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ । त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ ।

विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन । क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ ।

अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । कांग्रेसको १४औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !