भारतमा एकै दिनमा ३५ हजारभन्दा बढी नयाँ संक्रमित

आजभोलि

एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकैदिनमा ३५ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ संक्रमित थपिएका हुन् ।

अघिल्लो दिनहरुको तुलनामा दैनिक संक्रमितहरुको संख्या क्रमशः कम हँुदै गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ थपिएका थिए ।

त्यसको अघिल्लो दिन शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कूल संक्रमितहरुको संख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले जनाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख दुई हजार १८८ रहेको रहेका छन् । अघिल्ला दिनहरुको तुलनामा यो संख्या कम हुँदै गएको हो । थपिएका संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संखया बढी भएकाले सक्रीय संक्रमितको संख्या घटेको हो ।

पछिल्लो एक दिनमा संक्तमणमुक्त भएकाहरुको संख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

कूल संक्रमितमध्ये अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या ९७ दशमलब ४० प्रतिशत हो । भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कूल मृतकहरुको संख्या चार लाख दुई हजार १८८ पुगेको छ जनाइएको छ ।

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !