बालहिंसा विरुद्ध न्यायमा पहुँच र नीतिगत सुधारको खाँचो

आजभोलि

साउन ३०, नगरकोट । बालहिंसा विरुद्धका कानुनहरु भएपनि कार्यान्वयन पक्ष प्रभावकारी नभएको कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । बालहिंसाविरुद्धको घटनाहरुको अभियोजन तथा अनुसन्धान सवलीकरणका लागि उच्चस्तरीय दुई दिने अन्तत्र्रिmया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको सो कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिका अध्यक्ष कृष्णभक्त पोखरेलले बालहिंसाविरुद्धका कानुनहरु थोरै मात्र सुधार गर्नुपर्ने र कार्यान्वयनको पक्ष बलियो बनाउनुपर्नेमा जोड दिए ।

बालहिंसा न्यूनिकरणका लागि सरकारी संयन्त्रका साथै यस क्षेत्रमा कार्यरत संघसंस्थाहरु अझ गम्भीर र सशक्त भएर लाग्नुपर्नेमा बताए । अध्यक्ष पोखरेलले बालबालिकाको क्षेत्रमासमेत काम गर्ने महिला बालबालिका कार्यालयहरु, पारालिगल कमिटिजस्ता संयन्त्रहरु वर्तमानमा नहुँदा पनि कानुन कार्यान्वयन प्रभावकारी नभएको प्रष्ट पारे ।

कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको न्यायको लागि कार्य गर्दा अभिभावकले विशेष सहयोग गर्नुपर्ने बताए । उनले बालबालिकालाई न्याय दिने क्रममा उनीहरुले बुझ्ने भाषा, व्यक्तिगत विवरण गोप्य राख्नुपर्ने, उनीहरुको न्यायिक अधिकारको बारेमा जानकारी दिनुपर्ने भनाइ राखे ।

कार्यक्रममा आयोगका सदस्य मनोज दुवाडी, आयोगका पूर्व अध्यक्ष गौरी प्रधानले कानुन कार्यान्वय निकाय, नीतिग निकाय र अनुगमनकारी निकायहरु एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यसैगरी सचिव मुरारीप्रसाद खरेल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका सिजव नरेन्द्र डंगोललगायतले बालहिंसाविरुद्धको अभियानका बारेमा बोलेका थिए ।

त्यस्तै कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता हरिप्रसाद रेग्मी, नेपाल प्रहरी कार्य एवं अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक शञ्जिव भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखा प्रमुख शान्तिराज प्रसाईं, बाल न्याय केन्द्रीय समन्वय समितिका प्रवन्धक विधान खनियाँ, प्लान नेपालका प्रवन्धक अम्बिकाप्रसाद तिमिल्सेना, गृह मन्त्रालयका उपसचिव रामहरि शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव दिपक जंगध्वज कार्की, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का महासचिव राजेश शर्मा, कार्यक्रम निर्देशक मधु दवाडी, ओरेकका दुर्गा कार्की, माइती नपालका उमा तामाङ, सिविन नेपालका माधव प्रधान, नेपाल गुडवीभ फाउन्डेसनका किरण थापा, साथी अनुप मसमानी, प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल, राष्ट्रिय वाल अधिकार परिषद्का ज्ञानेन्द्र श्रेष्ठगायतले बालहिंसा सम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भक्तपुरको नगरकोटमा सम्पन्न सो कार्यक्रमको समन्वय बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गरेको थियो ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !