माँ  न्यू इग्ल्याण्डको अध्यक्षमा मण्डल निर्वाचित

आजभोलि

बोष्टन। मधेश एशोसियशन अमेरिका (माँ) न्यू इग्ल्याण्ड च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ । बोष्टनमा भएको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले विगत एक दशकभन्दा लामो समयदेखि बोष्टन बस्दै आएका समाजसेवी चन्द्रदेव मण्डललाई अध्यक्ष चयन गरेको छ । नवनिर्वाचित मण्डल बोष्टनका नेपालीमाझ लोकप्रिय र सहयोगी भावना भएको व्यक्तीको रूपमा चिनिन्छन् ।

माँको अध्यक्षमा निर्वाचित भएसँगै आफ्नो क्रियाशिला अझै बढ्ने मण्डलले बताए । उनको क्रियाशिलता बोष्टनका सबैसंघ संघस्थामा रहेको छ ।

नयाँ कार्यसमितको प्रथम उपाध्यक्षमा राधेश्याम यादव, उपाध्यक्षमा जयन्ती साह सचिवमा सन्तोष यादव र कोषाध्यमा नम्रता साह चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा संगिता कर्ण, गुन्जा साह, अर्चिना साह, सरोज चौधरी, कुशल यादव, बविता यादव, अरविन्द यादव र पुजा यादव निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले लालकिशोस महासेठ, मान्ती साह, टेकनिरन यादव, रन्नजिर साह र आयोर कुसर्खेलाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष  मण्डलले जानकारी दिए ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !