नेपाली कांग्रेस १४ औं महाधिवेशन : जिल्लासभापति अनसनमा प्रतिनिधि जिल्लातिर

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा आधादर्जन बढी शीर्ष नेताहरुले केन्द्रीय सभापतिमा उठ्ने दावी गरेका छन् । त्यसमा संस्थापन पक्षका सभापति दावेदार नेता नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यलय स्थापना गरिसकेका छन्।

उता कांग्रेसले वडा अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । विवादरहीत ३८ जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन गर्नेगरी प्रतिनिधिहरु जिल्ला पठाइसको हो।

तर, नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भने क्रियाशील सदस्यता सार्वजनिक लगायतका विषयको माग राखेर जिल्ला सभापतिहरु असन बसिरहेका छन् ।
क्रियाशील सदस्यता दिँदा वडासभापतिको सिफारिस बिना सिधै केन्द्रले नाम हालेर विवाद सिर्जना गरेको उनीहरुको आरोप छ ।

क्रियाशील सदस्यता विवाद चुलिँदै गएर नामावली वेयबसाइडमा सार्वजनिक हुनुपर्ने माग राखेर जिल्लासभापतिहरु कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनसन बसिरहेका छन् ।

यसरी रिले अनसन क्रममा आज चौथो दिन काठमाडौंका जिल्ला सभापति सबुज बाँनिया, उदयपुरका जिल्ला सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, ओखलढुंगाकी पूर्व जिल्लासभापति गोमा केसी, नेविसंघी पूर्व महामन्त्री प्रतिमा गौतम बसेका छन् । भदौ १८ गतेको लागि वडा अधिवेशन तोकिएको छ ।

आज १२ गतेसम्म अनसन, धर्ना, क्रियाशील सदस्यता विवाद जस्ता विषयमा अल्झिइरहेको छ भने यो नेतृत्व महाधिवेशन गर्ने पक्षमा छैन भन्ने बुझिन्छ । आफूले सदस्यता लिनखोजेको ठाउँमा आफ्नो नाम आयो कि आएन भनेर हेर्न पाउने अधिकारलाई समेत बन्चित बनाइन्छ भने कसरी निष्पक्ष अधिवेशन हुन्छ भन्ने शंका उब्जिएको बताइएको छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !