दशैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी

आजभोलि

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ । कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रामा १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो ।

यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणि खनालले बताए । खनालले खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड छुट्याउने तयारी गरेको जानकारी दिए । ‘हरेक वर्ष कम्पनीले उपत्यकाबासीलाई खसीबोका तथा च्याङ्ग्रा ल्याई सहज बनाउँदै आएको छ ।

यो वर्ष पनि गत वर्षको हाराहारीमा खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड रकम छुट्याउने तयारी गरेको हो,’ उनले भने । कम्पनीले हरेक वर्ष बजार मूल्य निर्धारण गर्नका लागि चाडपर्वको समयमा सहुलियत बजार सञ्चालन गर्दै आएका छन् ।

त्यसैले कम्पनीले हरेक वर्ष कृषकमार्फत् खसीबोका र च्याङ्ग्रा खरिद गरी उपत्यकाबासीलाई आपूर्ति गर्दै आएका छन् । नेपालमा खसीबोका पर्याप्त मात्रामा पाइन्छ । तर च्याङ्ग्रा बजारमा मागअनुसार पाउन कठिन हुन्छ । गत वर्ष पनि कम्पनीले १४ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको थियो ।

तर, नेपाली किसानहरूसँग पर्याप्त च्याङ्ग्रा नहुँदा १ हजार मात्रै ल्याएको थियो । सामान्य अवस्थाको तुलनामा दशैंतिहारमा च्याङ्ग्राको माग बढी हुन्छ । चाडपर्वको समय भएकाले मानिसले महंगो भए पनि खरिद गर्ने भएकाले बजारमा उक्त च्याङ्ग्राको मूल्य निर्धारण गर्नका लागि ल्याउने गर्दछ ।

कम्पनीले तुलसीपुर, हेटौंडा, मकवानपुरबाट खसीबोका र मुस्ताङलगायत अन्य हिमाली भेगबाट च्याङ्ग्रा ल्याउने गर्दछ । सरकारले हरेक वर्ष सस्तो पसल सञ्चालन गर्दै आएको छ । सहुलियत बजार अन्तर्गत कम्पनीले खसीबोका, च्याङ्ग्रा, अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, चिनी, घिउलगायतका खाद्य वस्तु बिक्री गर्दै आएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !