आजभोलि

काठमाडौं । सनराइज बैंकले बंैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले २ स्थानमा शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ ।

सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !