एनआरएनए महासचिवमा डा.पौडेलको उम्मेदवारी

आजभोलि

काठमाडौं । विभिन्न पेशा व्यवसायी गरी विदेशमा बस्ने नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षीहरु उम्मेदवार घोषणा गर्ने दौडधुपमा बढेको छ ।

आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर पदीय आकांक्षीहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरी चुनाव प्रचारप्रसारमा जुटेका छन् । यसै मेसोमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । (एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारीमा जुटेको बताउँछन् ।

उनी संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेका हुन् । तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आएका छन् ।

सन् २०१३ देखि एनआरएनएमा आबद्ध उनले यसअगावै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

डा. पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु उपस्थित भएका हुन् । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र संलग्न छन् ।

डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा परिचित छन् । डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडाँै मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेका थिए ।

डा. पौडेलको अमेरिकामा स्वास्थ्यलगायत होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !