प्रचण्डद्वारा एमसीसी अहिल्यै पास गर्न नसकिने उद्घोष

आजभोलि

काठमाण्डौं। नेपाल उत्रिदेखि नै नेपालका राजनीतिक नेताहरूसँग वाक्लो भटेघाटमा जुटेकी एमसिसिकी उपाध्यक्ष फतिमा जड सामुरले शुक्रवार बिहानै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । सामुर र प्रचण्डबीच खुमलटारमा कुराकानी भएको थियो ।

भेटमा फतिमाले प्रचण्डलाई एमसिसिको सन्दर्भमा मनाउने कोशिश गरेकी छिन्। उनले प्रचण्डलाइ एमसीसी सुरक्षा रणनीतिको अंग नभएको प्रष्ट पारेकी छिन्। उनको यस्तो प्रष्टोक्ति आएपनि अध्यक्ष दाहालले भने अहिले नै एमसीसी पास गर्ने अवस्था नरहेको वताएका छन्।

उनले एमसीसीको बारेमा केही शंका रहेको र यसका बारेमा प्रश्न उठेको छ । त्यस कारण त्यो भ्रम निवारण नभइकन पास गर्न कठिन हुने बताएका छन् । दाहालसँगको भेटमा फतिमाले एमसीसीको पक्ष र फाइदाकोबारेमा बताएकी थिइन्। त्यस्तो भए तापनि प्रचण्डले भने विवादको बेलामा एकल ढंगले एमसीसीअघि बढाउन नसकिने बताएका हुन् ।

उनले यसमा राष्ट्रिय सहमति खोज्नु पर्ने विचार अघि सारेका छन् । चार दिने भ्रमणमा नेपाल आएकी फतिमाले दोस्रो दिन आज अध्यक्ष दाहाललाई भेटेकी हुन् । उनले शीर्ष नेताहरुसँगको भेटघाट नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट थालेकी हुन् ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !